चिसाङ शेर्पा | कात्तिक १५, खोटाङ | वजारलाई नै वसपार्क बनाईदा पैदल यात्रु तथा सर्वसाधरणलाई शास्ती भएको छ । खोटाङको सदरमुकाम दिक्तेलको सोल्मा र आचार्य टोलमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | कात्तिक १५, खोटाङ | वजारलाई नै वसपार्क बनाईदा पैदल यात्रु तथा सर्वसाधरणलाई शास्ती भएको छ । खोटाङको सदरमुकाम दिक्तेलको सोल्मा र आचार्य टोलमा "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङ सदरमुकाम अव्यवस्थित ? नगरपालिका मौन, सर्वसाधरणलाई सकस

२०७४, १५ कार्तिक बुधबार ०४:११


चिसाङ शेर्पा | कात्तिक १५, खोटाङ | वजारलाई नै वसपार्क बनाईदा पैदल यात्रु तथा सर्वसाधरणलाई शास्ती भएको छ । खोटाङको सदरमुकाम दिक्तेलको सोल्मा र आचार्य टोलमा रहेको वसपार्कमा गाडीहरु पार्किङ नगरी मध्य बजारका दायाँवायाँमा यातायात व्यवसायीले साना तथा ठूला सवारी साधनहरु पार्किङ गरिंदा मौसम सुख्खासंगै अत्याधिक धुलो उड्ने, ध्वनी प्रदुषण तथा वजारका साना सडकमा दुर्घट्ना हुने सम्भावना वढेको छ ।

वर्षायामका समय रत्नपार्क – अल्छेढुंगाको वाटोमा गाडी फस्ने र वसपार्कसम्म जान नसक्दा अस्थाई रुपमा दिक्तेल वजारको वेशक्याम्पमा पार्किङ गर्न थालिएको लामो समय वितिसक्दा पनि व्यवसायी तथा सम्बन्धीत पक्षले वसहरु तोकिएको स्थानमा नलैजाँदा विविध कोणमा वजारमा समस्या भईरहेको छ । फोहोरको मात्र वढ्ने गरेको पाईएको छ । 

वजारका साना सडक तथा अत्याधिक मानिसहरु आवातजावत गर्ने स्थानमा जताततै वस तथा जीप पार्किङ गरेर वजारलाई अव्यवस्थित बनाउँदा रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयले अहिलेसम्म कुनै आवाज उठाएको छैन । कतीपय स्थानमा होटल वरीपरी नै वस तथा जिप पार्किङ गरेर राख्दा वस, जीप व्यवसायीको होटलवाला संगको साँठगाँठमा नगरपालिका मौन रहेको आँकलन गर्न सकिन्छ ।

मंसिर पहिलो सातायता खोटाङ र ओखलढुंगाको सिमाना दुधकोशीको पुल सञ्चालन हुने भएकाले तराई तथा काठमाण्डौवाट सवारी साधनको चाप थपिने देखिन्छ । वाटो सुकेपछि दिक्तेल वजारमा मोटरसाईकलको चाप वढ्न थालेपछि अव्यवस्थित सवारी साधन पार्किङले पैदल यात्रुलाई आवातजावतमा सकस भएको छ ।

यता, नगपालिकाको कार्यालयले भने, यस विषयमा कुनै प्रक्रिया थालेको छैन् । कहिलेवाट वस तथा जीपहरु पुरानो वसपार्कमा पार्किङका लागि पठाउँने कुराको ठोस निर्णय नै निकाल्न सकेका छैनन् । सहरी विकास मन्त्रालय उदयपुरवाट आचार्य टोल वसपार्कका लागि २० लाख रकम छुटिएको मात्रै थाहा भएको नगरपालिका कार्यकारी अधिकृत खिलराज राईले बताए । सोल्मा वसपार्क स्थानीय गौरवका निति तथा कार्यक्रममा समेटिएको राईको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित