2026-07-26 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मनकामनाको तीन गाउँमा पुनः निर्माण सम्पन्न

कात्तिक १६, नुवाकोट । किस्पाङ गाउँपालिका–५ साबिक मनकामनाको तीन वडामा २८८ निजी निवास निर्माण सम्पन्न भएको छ । 

निजी आवास निर्माणको जिम्मा पाएको अन्तर्राष्ट्रिय संस्था वल्ड रिन्यू र स्थानीय साझेदारी संस्था नारी जागरण समाजको आर्थिक र प्राविधिक सहयोगमा तीन वडामा रहेका सबै लाभग्राहीको आवास निर्माण पूरा भएको हो । 

लाभग्राहीलाई आवास निर्माणमा अनुदान सहयोग पु¥याउने जिम्मेवारी पाएको संस्थाले १८ महिनाको अवधिमा चरणबद्ध रुपमा किस्ता रकम उपलब्ध गराएर आवास निर्माण सम्पन्न गर्न सफल भएको वल्ड रिन्यूका अनुगमन, मूल्याँकन तथा समन्वयन अधिकृत रामसिंह तामाङले जानकारी दिनुभयो । 

“२७६ घरधुरी लाभग्राहीले आवास निर्माण सम्पन्न गरी अनुदान बापतको रु तीन लाख पाइसकेका छन्”, तामाङले भन्नुभयो, “दश घरधुरीले निर्माण सम्पन्न गर्न लागिरहेका छन् भने दुई घरधुरीले निर्माण शुरु गरिसकेकाले यो महिनाभित्र पूरा गरिसक्ने लक्ष्य राखेका छौँ ।”

 निर्माण सम्पन्न भएका घरमध्ये पिल्लरजडित घर ९०, ब्लक र सिमेन्टका १४९, ढुङ्गा र सिमेन्टका १७, ढुङ्गामाटोका तीन र ब्रिक र सिमेन्ट प्रयोग गरी २२ घर निर्माण गरिएको छ । निर्माण सम्पन्न भएको घरको पुनः निर्माण प्राधिकरण नुवाकोट कार्यालयबाट स्वीकृत भएसँगै आवास निर्माण सम्पन्नको प्रमाणपत्र हस्तान्तरणको प्रक्रियामा रहेको छ । 

आवास निर्माण सम्पन्नसँगै २६८ परिवार नयाँ घरमा बसोबास शुरु गरिसकेको वडाध्यक्ष नरहरी भट्टले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ