चिसाङ शेर्पा | कात्तिक १६, खोटाङ | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीमा निर्माणधिन मोटरेबल पुलको ‘एप्रोज रोड’ निर्माणको काम बुधवारवाट सुरु भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | कात्तिक १६, खोटाङ | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीमा निर्माणधिन मोटरेबल पुलको ‘एप्रोज रोड’ निर्माणको काम बुधवारवाट सुरु भएको"/>

2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

के हुँदैछ, जयरामघाट पुल–‘एप्रोच रोड’ बनाउन सुरु


चिसाङ शेर्पा | कात्तिक १६, खोटाङ | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीमा निर्माणधिन मोटरेबल पुलको ‘एप्रोज रोड’ निर्माणको काम बुधवारवाट सुरु भएको छ । छठपर्व लगत्तै योजना अनुरुप काम गर्ने भनिएकोमा केही दिन परवाट पुलको काम सुरु भएको हो । चाडवाड मनाउन गएका कामदार ढिलो फर्किदा पुलको काम सरेको हो ।

एप्रोच स्याल्यापका लागि डाउन स्टेपमा ग्याभिङ वाल, डण्डी र फर्माको काम दु्रत गतीमा भईरहेको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका निर्माणस्थलमा खटिनुभएका इञ्जिनियर सीताराम कार्कीले बताउनुभयो । ग्याभिङ वाल भर्नलाई वाहिरवाट माटो ल्याउनुपर्ने समस्या छ । कार्कीले भने “कार्तिक २५ गतेसम्म एप्रोज रोड तयारी गरियो भने, चुनाव अघि गाडी गुडाउँन सकिन्छ । त्यसका लागि कसरतमा छौ । हप्ता दिन राम्ररी खटेमा एप्रोच रोड तयार हुन्छ ।”

करिब १ सय ५० मिटर लामो मोटरेबल पक्की पुल नेपालकै नमूना भएको आयोजनाले जनाएकोे छ । पुलको खोटाङतर्फ ८ मिटर तथा ओखलढुंगापटि ८ मिटर गरी १६ मिटर एप्रोच रोड बनाउँन वाँकी छ । क्युरिङ पिरियड लगभग पुरा भईसकेको छ । 

करिब १० करोडको लागतमा पूरा हुने भनिएको जयरामघाटको पक्की पुल निर्माणले खोटाङ्गे जनतामा ठूलो आशा जगाएको छ । जयरामघाटमा अहिले पक्की पुल नहुँदा झोलुङ्गे पुलमार्फत आवतजावत तथा दैनिक उपभोग्यवस्तु तार्नुपर्ने बाध्यता छ । जसले गर्दा मृल्यबृद्धिमा असर परिरहेको छ । 

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा पक्की पुल निर्माण गर्ने जिम्मा विक्रम पाण्डेको हुलास इञ्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले लिएको थियो । 

२०६८ साल असारसम्ममा पुल निर्माणको सबै काम पूरा गर्ने शर्तमा दुवै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा नेपाल सरकार, सडक विभागसमक्ष ठेकेदार कम्पनीले सम्झौता गरेका थिए । 

२०६४ सालदेखि यातायात सञ्चालन भएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको छ । जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाखभन्दा बढी राज्यकोषको रकम खर्च हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई