Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा तीन दलको प्रतिस्पर्धा, कसले मार्ला बजी ?

२०७४, १७ कार्तिक शुक्रबार ०७:५३

कात्तिक १७, कपिलवस्तु । कपिलवस्तुमा रहेका ३ क्षेत्र मध्य मुख्य प्रतिस्पर्धा ठुला पार्टिको नै देखिएको छ ।

जिल्लाको क्षेत्र न १ मा प्रतिनिधि सभाको लागि नेपालि काग्रेसको तर्फ वाट पुर्व भारतीय राजदुत दिपकुमार उपाध्यको उम्मेदवारी परेको छ । नेता उपाध्य दक्षिणि क्षेत्रका वलिया नेता हुन ।

उनि उम्मेदवारी मनोनयन पछि उनि भेटघाटमा व्यस्त हुन थालेका छन । त्यस क्षेत्रका नेपालि काग्रेसका प्रभावशालि नेता अतहर कमाल लाई समानुपातिकमा राखेपछि उनि केहि वलियो देखिएका छन ।

नेता उपाध्यको प्रतिष्प्रधा वाम गठवन्धन नेकपा माओवादि केन्द्रका नेता चक्रपाणि खनाल वलदेव सग हुने देखिएको छ । माओवादि केन्द्रका प्रभावशालि नेता समेत रहेका वलदेव सग यो लडाई रोचक हुने देखिएको छ । पुर्वि र उत्तरी क्षेत्रमा राम्रो महोल रहेका नेता वलदेवले जित्ने शुनिश्चित रहेको सर्मथकको दावि रहेको छ ।

यहि क्षेत्रमै प्रतिनिधि सभाको लागि नेपालि काग्रेसका नेता दुर्गा वहादुर सेनको स्वतन्त्र उम्मेदवारी परेको छ जसले नेता उपाध्यको केहि भोट काटिन सक्छ ।क्षेत्र न १ को प्रदेश सभा १ मा नेपाली काग्रेकका पुरन थारु, बाम गठबन्धानका विष्णु पान्थीले उम्मेदवारी दिएका छन । 

प्रतिनिधि सभा १ को प्रदेश सभा २ मा नेपालि काग्रेसका राजेश आचार्य, बाम गठबन्धनका पैजाल खान, संघिय समाजवादी फोरम नेपालका सहसराम यादव,राष्ट्रिय जनता पार्टीबाट मधुसुदन सरण चौधरीले उम्मेदवारी दिएका छन । नेकपा एमालेका नेता अजिजुर रहमान तथा ईसरार खानको स्वातन्त्र उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभा २ मा पनि शक्तिशाली नेताहरुको उम्मेदवारी परेको छ । बाम गठबन्धनका बृजेश कुमार गुप्ताको प्रतिनिधि सभाको लागि उम्मेदवारी परेको छ । राजपाका नेता रहेका गुप्ताम पछिल्लो समयमा स्वतन्त्र समुह वनाई सुर्य चिन्ह वाट चुनाव लड्ने भएका हुन ।

नेपाली कांग्रेसका तर्फ वाट नेता सुरेन्द्रराज आचार्यको उम्मेदवारी परेको छ ।नेता आचार्य पुर्व राज्य मन्त्रि तथा पार्टि जिल्ला सभापति हुन तर नेपालि काग्रेसकै नेता लोकेन्द्र खाँण ले स्वतन्त्र उम्मेदवारी दिएका छन ।

यस क्षेत्रमा पनि नेपालि काग्रेसका वागि उम्मेदवारले गर्दा नेता आचार्यको भोट कटिन सक्ने आंशका रहेको छ ।नेकपा माओवादि केन्द्र नेकपा एमाले लगाएत ले वृजेश कुमार गुप्तालाई सर्मथन गर्ने भएपछि काग्रेस कमजोर वन्न सक्ने अनुमान रहेको छ ।

प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा नेपाली काग्रेसका जवाहरलाल थारु, बाम गठबन्धनका दृर्घनारायण पाण्डेय, संघिय समाजवादी फोरम नेपालका  सफिक मुसलमान, राष्ट्रिय जनता पार्टीका ओमकार नाथ शुक्ल उम्मेदवारी दिएका छन भने रेश्मीराज अधिकारीले पनि स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् । 

नेपालि काग्रेसका वलिया नेता रहेका दृर्घनारायण पाण्डे नेकपा एमालेमा प्रवेश गरेका हुन । प्रतिनिधि सभा २ को प्रदेश सभा २ बाट नेपाली काग्रेसका सुधाकार पाण्डेय, संघिय समाजवादी फोरम नेपालका बृजगोपाल गुप्ता, बाम गठबन्धनका धर्मबहादुर लाल श्रीवास्तव विच कडा प्रतिश्प्रधा हुनेछ । 

त्यस्तै प्रतिनिधि सभा ३ मा पनि कडा प्रतिप्रधा हुने देखिएको छ । पार्टि प्रवेश गरी चुनाव लड्ने नेता र टिकट नपाएर स्वतन्त्र उम्मेदवार दिएकाहरु विच लडाई देखिएको छ । प्रतिनिधि सभा ३ मा नेपालि काग्रेसवाट उम्मेदवार दिएका पुर्व सासंद अभिषेक प्रताप शाह,वाम गठवन्दनका नेता इश्वर दयाल मिश्रा, संघिय समाजवादी फोरम नेपालका मंगालप्रसाद गुप्ता विच कडा प्रतिप्रधा हुने देखिएको छ । 

नेता शाहको पश्चिम क्षेत्रमा आफ्नो माहोल राम्रो वनाएका छन पुर्वि क्षेत्रका नेपालि काग्रेसका नेता कार्यक्रताको भोट गएमा वलिया नेताको देखिने छन ।त्यस्तै वाम गठवन्धन तथा पुर्व मन्त्रि ईश्वर दयाल मिश्रा पनि वलिया नेता हुन । प्रतिनिधि सभा ३ को प्रदेश सभा १ बाट संघिय समाजवादी फोरम नेपालका कृष्णकुमार चौधरी, नेपाली काग्रेसका युवा नेता अजय थापा, बाम गठबन्धनका अर्जुन के.सी, राष्ट्रिय जनता पार्टीका राविदत्त मिश्रा विचको प्रतिष्प्रधा निकै रोचक रहने अनुमान गरिएको छ ।

प्रतिनिधि सभा ३को दक्षिणि क्षेत्रमा फोरका चौधरी र राजपाका मिश्राको कडा प्रतिस्प्रधा रहने छ भने पुर्वि क्षेत्रमा वाम गठवन्धनका अर्जुन के सी र काग्रेसका अजय थापाको प्रतिश्प्रधा रहने छ । प्रतिनिधि सभा ३ कै प्रदेश सभा २मा संघिय समाजवादी फोरम नेपालका शैलेस प्रताप शाह, नेपाली काग्रेसका विरेन्द्र कनौडिया, राष्ट्रिय जनता पार्टी नेपालका राम प्रकास चौधरीले उम्मेदवारी दिएका छन ।

जानकी प्रसाद यादवको भने स्वतन्त्र उम्मेदवारी परेको छ । कपिलवस्तुमा ३ प्रतिनिधी सभाको सदस्यको लागी ५६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधी सभाको लागी क्षेत्र नं.१ मा १७ जना २ मा १६ जना र ३ मा २३ जनाले उम्मेवारी दिएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ