२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सरोकारवालाहरुद्वारा मानवअधिकारका मुख्य सवाल छनोट

२०७४, १७ कार्तिक शुक्रबार १२:३०

नरी बडु/कात्तिक १७, बैतडी । जिल्ला स्थित विभिन्न सरोकारवालाहरुले मानवअधिकारका मुख्य–मुख्य सवालहरु छनोट गरेका छन् । 

नेपाल मानव अधिकार आयोग क्षेत्रिय कार्यालय धनगढीको आयोजनामा कात्तिक १७ गते मानवअधिकारका मुख्य–मुख्य सवालहरुको पहिचान विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले विभिन्न मानव अधिकारका सवाहरुमध्ये मुख्य सवालहरु छनोट गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय, बैतडीमा आयोजना गरिएको अन्र्तक्रियामा उपस्थित जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, अधिकारकर्मि र पत्रकारहरुले मानव अधिकारका मुख्य सवालहरु छनोट गरेका हुन् । सरोकारवालाहरुले जिल्लामा सामाजिक अधिकार, महिला अधिकार, बालअधिकार, सामाजिक साँस्कृतिक तथा राजनीतिक र खाद्यय अधिकार प्रमुख समस्याका रुपमा रहेको छ ।


“अझै सम्म पनि गाँउमा जातिय विभेदले जडो गाडेको छ, सचेत व्यक्तिहरुले नै जातिय भेदभाव गर्ने गरेका छन् ।” मानव अधिकार अभियान्ता करन दयालले भने ।

जातिय विभेदका साथै जिल्लामा बाल अधिकारको अवस्थापनि नाजुक भएकाले यसतर्फ पनि विषेस ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

“सानै उमेरमा भएको विवाहले मानवको सर्वाङ्गिण विकासमा प्रतिकुल प्रभाव पार्ने भएकाले जिल्लामा व्याप्त रहेको बालविवाहरुको अवस्थालाई न्यूनिकरण गर्न सबैले लाग्नुपछ ।” जिल्ला बाल अधिकार संञ्जालकी अध्यक्ष निसा भट्टले भने ।

कार्यक्रमका सभाध्यष एवम् मानवअधिकार आयोज क्षेत्रिय कार्यालय, धनगढीका मानव अधिकार अधिकृत पवन कुमार भट्टले मानव अधिकारको बारेमा बताउनुका साथै मानव अधिकार रक्षाका लागि सबैको भुमिका उत्तिकै जरुरी हुने बताए । 

आज सरोकारवालाहरुद्वारा छनोट गरिएका सवालहरुलाई आयोगले प्राथमिकतामा राख्ने उहाँको भनाई छ । उक्त कार्यक्रमको समुन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले पनि सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै