Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ कार्तिक १७ गते, राति ९:०१ बजे अर्थ/विकास, खोटाङ्ग - KTG

खोटाङमा आंशिक लाभग्राहीको आवास प्रवलीकरण अनुदान सम्झौता सुरु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | खोटाङमा आंक्षिक क्षती भएका लाभग्राहीसँग आवास प्रवलीकरण अनुदान सम्झौता सुरु गरिएको छ ।&nbsp;<br></p><p>२०७२ साल बैसाख १२ गतेको महाभूकम्प तथा सोको पराकम्पनका कारण क्षतीग्रस्त निजि आवास तथा भवन पुःर्ननिर्माणका लागि जिल्लामा रुपाकोट मझुवागढी नगरपालिकाबाट आंक्षिक क्षती भएका लाभग्राहीको आवास प्रवलीकरण अनुदान सम्झौता सुरु गरिएको हो ।&nbsp;</p><p>पहिलो चरणमा साविकको रुपाकोट मझुवागढी नगरपालिका–१ देखि ५ वडाभित्रका आंक्षिक क्षती बेहोरेका लाभग्राहीबाट थालिएको आवास प्रवलीकरण अनुदान सम्झौताका कामलाई क्रमशः दुई वटा नगरपालिका र आठ गाउँपालिकामा विस्तार गरिने जिल्ला समन्वय समितिका आवास अनुदान फोकल पर्सन रबिकिरण आचार्यले बताउनुभयो । आंशिक क्षती भएका लाभग्राहीले प्राधिकरणबाट खटाईने ईन्जिनियरको प्राविधिक मूल्यांकनपछि ५० हजारदेखि बढिमा १ लाखसम्म अनुदान पाउने जनाइएको छ । १५ वडा रहेको रुपाकोट मझुवागढी नगरपालिकामा ४७ आंशिक लाभग्राही रहेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।&nbsp;</p>