२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छथर गाउँपालिकामा शिशु हेरचाह केन्द्रको भवन निर्माण हुने

१८ कार्तिक २०७४, शनिबार ०२:४०

तेह्रथुम, १८ कात्तिक । तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेमा रहेको सामुदायिक शिशु हेरचाह केन्द्रका लागि भवन निर्माण हुने भएको छ । 

हेरचाह केन्द्रलाई दिगो र व्यवस्थित बनाउन केन्द्रका लागि आफ्नै भवन निर्माणको काम सुरु भएको हो । स्थानीय जलदेबी र रोटेपिङ महिला समुहले गाउँमै शिशु हेरचाह केन्द्र सन्चालन गर्दै आएका थिए । 

भवन निर्माणका लागि दातृ निकाय एक्सनएड नेपालले २ लाख ५० हजार सहयोग गर्ने भएपछि स्थानीयबासी उत्साहित छन् । जिल्लामा एक्सनएड नेपालको सहयोगमा दलित सचेतना समाज नेपालले स्थानीय अधिकार कार्यक्रम सन्चालन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि निर्माण समिति गठन भएको हो । 

भवन निर्माणकाल लागि शिवमाया शिवाको संयोजकत्वमा ७ सदस्यीय निर्माण समिति गठन भएको छ । यस्तै सुनिता नेपालीको संयाृजकत्वमा ३ सदस्यीय सामान खरिद समिति गठन गरिएको छ । 

भवनको मुल्याङन तथा अनुगमनका लागि बिमला बिकको संयोजकमा ५ सदस्यीय समेत बनाइएको छ । शिशु हेरचाह केन्द्रको आफ्नै भवन नहुँदा हेरचाह केन्द्र सन्चालनका लागि समस्या रहेको थियो । 

शिशु हेरचाह केन्द्रमा स्थानीयले विद्यालय पुर्वास्थाका बाल बच्चाहरुलाई दिनभर राखेर हेरालुले रेखदेख गर्ने गरेका छन् । सो समयमा आमाहरुलाई आयमुलक काममा लाग्न सहज होस् भनेर केन्द्र सन्चालनमा ल्याइएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा