2026-09-14 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा चुनावी प्रचार तीव्र बन्दै

कात्तिक २१, रोल्पा (रासस) | मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी रोल्पाका राजनीतिक दलले प्रचारात्मक अभियानलाई तीव्र बनाउँदै लगेका छन् । 

प्रतिनिधिसभामा नेपाली काँग्रेसले जिल्ला पार्टी सभापति समेत रहनुभएका सिँचाइ राज्यमन्त्री अमरसिं पुनलाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता वर्षमान पुन उम्मेदवार हुनुहुन्छ । प्रदेशसभामा नेपाली काँग्रेसबाट निर्वाचन क्षेत्र नं क मा शेरबहादुर महरा र ख मा खगेन्द्र हमाल प्रतिस्पर्धी बन्नुभएको छ भने वाम गठबन्धनबाट निर्वाचन क्षेत्र नं क मा कुलबहादुर केसी र ख मा दीपेन्द्र पुन प्रतिस्पर्धी हुनुहुन्छ । वाम गठबन्धनका दुवै उम्मेदवार नेकपा माओवादीका नेता हुनुहुन्छ । 

जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुने बताइन्छ । दुई गठबन्धका साथै राष्ट्रिय जनमोर्चा, एकीकृत राप्रपा राष्ट्रवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र मंगोलन नेशनल अर्गनाइजेशन नेपालका उम्मेदवार पनि प्रतिस्पर्धामा उत्रिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ