१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारमा जानेहरुलाई खुशीको खबर ! यूएईले पठायो यस्तो श्रम सम्झौताको मस्यौदा

२२ कार्तिक २०७४, बुधबार ०९:४८

कात्तिक २२, काठमाडौं । युएईले द्विपक्षीय श्रम सम्झौताका लागि नेपाललाई औपचारिक रुपमा प्रस्ताव पठाएको छ । नेपालले हालै मात्र जोर्डनसँग श्रम सम्झौता गरे लगतै युएईले पनि चासो देखाउँदै मस्यौदा पठाएको हो ।

श्रम तथा रोजगार मन्त्रालयले पछिल्लो पटक घरेलु कामदारको लागि एमओयू गर्न प्रस्ताव गरेको थियो । तर यूएईले एक कदम अघि बढेर श्रम सम्झौताका लागि छलफल गर्न आग्रह गर्दै मस्यौदा पठाएको छ ।

यसअघिका छलफलमा असहमति जनाएका विषयमा पनि यूएई सकारात्मक देखिएको छ । श्रम मन्त्रालयका उपसचिव शिवराम पोखरेलले भन्छन्, ‘थप छलफल गरेर हाम्रा मुख्य चासोहरु सम्बोधन गराउन प्रयत्न गरिनेछ ।’

मन्त्रालयले युएईको प्रस्तावलाई ‘प्रोग्रेसिभ’ भनेको छ । यसका आधारमा छलफल गर्दा छिट्टै युएईसँग सम्झौता गर्न सकिनेमा अधिकारीहरु बताउँछन् । प्रस्तावित मस्यौदामा कामदारको तलब, सुविधा, बिमा लगायत कामदारसँग रोजगारदाताले गर्ने सम्झौतामा आधारमा दिलाउने उल्लेख छ । रबिन्द्र घिमिरेले अनलाइनखबरमा यो समाचार लेखेका छन् ।

त्यही सम्झौतालाई सरकारले आधिकारिक मान्ने र रोजगारदाताले त्यसको पालना नगरे सरकारले जिम्मेवारी लिने उल्लेख छ । साथै समस्यामा परेका कामदारलाई रोजगारदाता परिवर्तन गर्न अनुमति दिन युएई तयार भएको छ ।

अहिले धेरै नेपाली कामदार आफ्नो कम्पनी वा रोजगारदाताबाट अधिक श्रम शोषण पर्दा पनि अवैधानिक हुने डरले कम्पनी परिवर्तन गर्न सक्दैनन् । त्यसरी परिवर्तन गरेका कामदारहरु पनि गैरकानुनी कामदारका रुपमा रुपमा लुकेर काम गरिरहेका छन् भने कयौं अलपत्र परेका छन् ।

अहिले युएईले रोजगारदाता परिवर्तनको एजेण्डामा सहमति जनाएर मस्यौदा पठाएको मन्त्रालय स्रोतले बतायो । यसले नेपाली कामदारका सुरक्षा चासोलाई पनि सम्बोधन गर्न सकिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

युएई नेपाली कामदार धेरै जाने मुलुकको सूचीमा तेस्रो नम्बरमा छ । यो आर्थिक वर्षको पहिलो ३ महिनामा १४ हजार नेपाली त्यहाँ पुगेका छन् । तर, त्यहाँ कार्यरत नेपालीको संख्या भने यकिन छैन । युएई नेपाली कामदारको लागि औसत कमाइ हुने देशका रुपमा पनि चिनिन्छ ।

२४ घण्टे बिमा सुविधा पनि कामदारसँग हुने सम्झौतामा उल्लेख गर्ने गरी अघि बढ्ने मन्त्रालयले बताएको छ । मलेसियासहित अन्य खाडी मुलुकहरुले कार्यस्थल बीमा उपलब्ध गराउन आनाकानी गरिरहेका छन् ।

कामदारको आते-जाते टिकट र भिसावापतको शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने विषयमा युएई केही बोलेको छैन । ‘यस विषयमा युएईसँग थप छलफल हुन्छ’, पोखरेलले भने, ‘यो पनि हाम्रो धेरै चासोको विषय हो ।’

नेपालले यसअघि सन् २००५ मा पहिलोपटक नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । वर्षमा चारदेखि पाँच लाख कामदार विदेश पठाइरहेको नेपालले कामदार धेरै जाने मुलुकहरुसँग सम्झौता गर्न सकेको छैन ।

इजरायल र कोरियासँग जीटुजी गरेको सरकारले संयुक्त अरब इमिरेट्स र बहराइनसँग श्रम समझदारी -एमओयु) गरेको थियो । जापानसँग पत्र आदानप्रदान सम्झौता (एलओयु) मात्र भएको छ ।

तर, मलेसिया, साउदी अरेबिया, कुवेत, ओमान, लेबनानलगायत देशसँग श्रमसम्वन्धी समझदारी वा सम्झौता हुन सकेको छैन । युएईसँग एमओयू त भएको छ तर, नेपाली कामदारको समस्या सम्बोधन गर्न सकेको छैन ।

जबकी नेपालबाट एक सय १० मुलुक वैदेशिक रोजगारीका लागि खुला छन् । श्रम सम्झौता कामदार सुरक्षाको प्रमुख आधार भएकाले सरकारले चासोका साथ यसलाई अघि बढाउनुपर्ने वैदेशिक रोजगार विज्ञ पण्डित बताउँछन् ।

सम्झौता नभएका मुलुकमा नेपाली कामदार न्यूनतम पारिश्रमिक, औषधि उपचार, बीमा, सुरक्षासहितका कानूनी सुरक्षाबाट विमुख छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट