२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीकै सबै भन्दा कम खर्चमा डोल्पा खुला दिशामूक्त घोषणा

२०७४, २४ कार्तिक शुक्रबार १२:५०

टेक शाही | कात्तिक २४, डोल्पा | डोल्पा जिल्ला कर्णालीको सबै भन्दा कम खर्चमा गरेर जिल्ला खुला दिशामूक्त घोषणा गर्न सफल भएको छ । डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा गर्न १५ लाख ११ हाजर २ सय २० रुपैषा मात्र खर्च लागेको जिल्ला खानेपानि सरसफाइ तथा स्वच्छता समन्वय समिति डोल्पाले जानकारि दिएको छ । 

घोषणा कार्यक्रममा रकम खर्च भएको शिर्षकमा साँस्कृतिक कार्यक्रकमा १ लाख ४४ हजार ९ सय,स्टेश्नरीमा १ लाख ९८ हजार,खाजा खर्च १ लाख ९६ हजार ५ सय,मञ्च ब्यवस्थापन खर्च १ लाख १६ हजार ४ सय १७,अतिथि सत्कारमा २ लाख ३५ हाजर ३ सय ५०,सञ्चारमा १ लाख ४१ हजार,स्वयसेवक खर्च ७० हजार र बिभिधमा १० हजार ५३ रुपैया गरि कुल १५ लाख ११ हजार २ सय २० रुपैया खर्च भएको डिवाससिसिका सदस्य सचिव उमेश झाले जानकारि दिए । झाले भने घोषणा कार्यक्रममा लागेको सबै खर्च बैठक मार्फत सार्वजानिक गरेको समेत बताए । 


यहि कार्तिक ९ गते कर्णालीको तेस्रो र नेपालकै ४२ आँै जिल्लाको रुपमा खुला दिशामूक्त जिल्ला घोषणा भएको थियो । कर्णालीका अन्य दुइ जिल्ला कालिकोट र जुम्लाले करिव २० लाख भन्दा माथिको खर्चमा खुला दिशामूक्त जिल्ला घोषणा गरे पनि डोल्पाले सबै भन्दा कम खर्चमा जिल्लालाइ खुला दिशामुक्त घोषणा गर्न सकेकोमा खुसि लागेको जिल्ला खानेपानि सरसफाइ तथा स्वच्छता समन्वय समिति डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताए । उनका अनुसार डोल्पा जस्तो हरेक हिसावले बिकट मानिने जिल्लामा यति कम खर्चमा जिल्लालाइ घोषणा गर्न सहयोग गर्ने सबै स्वयम सेवकहरु धन्यबादका पात्र भएको बताए ।

बिभिन्न चुनौतिका बिचमा डोल्पालाइ खुला दिशामूक्त जिल्ला घोषणा गरिएको जिल्ला खानेपानि सरसफाइ तथा स्वच्छता समन्वय समिति डोल्पाले जानकारि दिएको छ । घोषाणाको लागि सबै सुचकहरु पुरा भएको र अब घोषणा पश्चात पूर्ण सरसफाइका कार्यक्रमहरु अगाढि बढ्ने डिवाससिसिका अध्यक्ष एवम जिल्ला सँयोजक शेर बहादुर बुढाले बताए । 


डोल्पा जिल्लालाइ खुला दिशामूक्त घोषणाका लागि मिति तय गर्दाको बेलामा करिव २५ लाख बराबरको खर्च लाग्ने अनुमान गरिएको भए पनि जम्मा १५ लाखमा घोषणा भए पछि चकित परेको खानेपानि तथा सरसफाइ सब डिभिजन प्रमूख उमेश झाले बताए । उनले भने १५ लाख खर्च भए पनि करिव ३ लाख नगद र अरु सबै रकम उदारोमा घोषणा गरिएको अब केहि दिनमा सबै शिर्षकमा खर्च भएको रकम भुक्तानी गर्ने बताए । 

खानेपानि तथा सरसफाइ मन्त्रालयका सचिव कृष्ण राज बि.सि.र मध्यपश्चिमाञ्चल क्षेत्रिय प्रशासक बेगेन्द्र शर्मा सहित १४ जना अतिथिको टोली घोषणा सभामा डोल्पा पुगेका थिए । निर्वाचनको मुखैमा छोटो समयमा भब्य रुपमा डोल्पालाइ खुला दिशामूक्त जिल्ला घोषणा गर्न सफल भएकोमा सचिव बिसिले डोल्पाली जनतालाइ बधाइ समेत दिएका थिए । बिसिले भने अब पूर्णसरसफाइका सबै काममा मन्त्रालयको सहयोग हरदम रहने बताए । 


डोल्पालाइ खुला दिशामूक्त जिल्ला घोषणाका लागि किर्डाक नेपाल,एसएनभि,यूनिशेफ,नेपाल रेडक्रस सोसाइटि जिल्ला समन्वय समिति,जिल्ला शिक्षा कार्यालय लगायत दर्जनौ सरकारी तथा गैरसरकारी निकायहरुले सहयोग गरेको किर्डाक नेपाल डोल्पाका जिल्ला सँयोजक सुरेन्द्र ढकालले बताए । 

बिभिन्न ब्यक्तिहरुले घोषणा कार्यक्रमलाइ बिफल बनाउने प्रयास गरे पनि जिल्लाका जनताका हितका लागि भए पनि खुला दिशामूक्त जिल्ला घोषणा गरेको डिवाससिसिका उपाध्यक्ष नर बहादुर बुढाले बताए । उनका अनुसार अब पूर्ण सरसफाइमा जोड दिनु पर्ने बताए । 

करिब २ दर्जन भन्दा धेरै स्वयम सेवकहरुले करिव एक साताको दौडधुपमा सबै तयारि पूरा गरेका स्वयम सेवक योगेन्द्र बुढाले जानकारि दिए । बुढाका अनुसार सबै क्षेत्रको बाँडफाट गरेको र सोहि अनुसार स्वयम सेवक साथिहरुले सहयोग गरेको बताए । 


बिभिन्न स्थानिय सँस्कृतिका झाँकि र पुराना सँस्कृति बोकेका नृत्यहरु प्रर्दशन गरिएको स्वयम सेबक दिलु केसिले बताइन । उनले भनिन चूनौतिहरु थुप्रै आए तर हामी जिल्लाको लागि भनेर लागि पर्यौ । सहयोगिको भुमिका पनि रहयो र स्वयम सेबको पनि काम गर्न पाएकोमा खुसि लागेको नेपाल रेडक्रस सोसाइटिका जिल्ला सँयोजक टेकम ओलीले खुसि ब्यक्त गरे । उनले भने सरसफाइका सबै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटिले सहयोग गर्छ । सन २०१७ भित्र नेपाललाइ खुला दिशामूक्त देश बनाउने लक्ष्य अनुरुप डोल्पालाइ २०१७ भित्रै घोषणा गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे