2026-09-14 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईलाग्ने माथि जाईलाग्न तयार छौं: भरत बम

दलसिंह गिरी/कार्तिक २५, कालिकोट । यहि आउदो मंसिर १० र २१ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन जनघाट भएकाले कसैले बल प्रयोग गरेर निर्वाचन गर्न खोजे त्यसको प्रतिकारमा उत्रिने नेकपाका केन्द्रीय पोलिटब्युरो सदस्य भरत बम बताएका छन् । 

यहि आउदो मंसिरमा हुने निर्वाचनलाई लक्षित गरी जनताहरुलाई अबहुने निर्वाचनले जनतालाई पु¥याउने असरबारे जानकारी गराउन भन्दै आयोजना गरिएको आम सभाको सम्बोधन गर्दै पोलिटब्युरो सदस्य बमले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बमले हालका स्थानीय निकायका जनप्रतिनिधि भनाउदाहरुले राज्यको ढुकुटी सिध्याउने गरी सेवा सुविधाको नाममा मोटरसाईकल, ल्याप्टव, क्यामेरा जस्ता अनावश्यक उपकरणहरु प्रयोग गरिरहेको भन्दै यसको हिसाब किताब गर्ने चाजोपाजो भैरहेकाले यसको नतिजा चाडैं आउने बमले बताएको छन् ।

जिल्ला सदरमुकाम मान्म देखि पश्चिम उत्तरतर्फ पर्ने रास्कोट नगरपालिकाको स्यूना बजारमा शनिवार आयोजना गरेको आमसभामा सम्बोधन गर्दै अनेमसंघकी केन्द्रीय महासचिव एवं पूर्व सभासद धिरेन्द्रा उपाध्यायले १० बर्षे सशस्त्र द्धन्द्धले आर्जेको उपलब्धी केही सहकर्मी मित्रहरुको सत्तालुप्त मानसिकताका कारण हाल उपलब्धी गुम्दै गएको भन्दै यसलाई दलदलमा फस्न नदिन नेकपाले प्रतिक्रान्तिको अभियान अगाडी बढाएको बताएकी छन् ।

 नेकपा कालिकोटका जिल्ला सदस्य छत्रबहादुर बमको अध्यक्षता केन्द्रीय पोलिटब्युरो सदस्य भरतबमको प्रमुख आथित्यता तथा अनेमसंघकी केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्यायको विशेष आथित्यतामा आयोजित सभामा सामना सास्कृतिक परिवारका कलाकारहरुले शास्कृतिक झलक समेत देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ