सुमन सिग्देल । चिनकाे मध्य पुर्बी भागमा एउटा लामाे नदी छ जस्लाई चिनीयाहरू ह्वाङअाे नदी भन्छन् । यसै नदीकाे किनारबाट सुरू भएकाे सभ्यतालाई हामी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुमन सिग्देल । चिनकाे मध्य पुर्बी भागमा एउटा लामाे नदी छ जस्लाई चिनीयाहरू ह्वाङअाे नदी भन्छन् । यसै नदीकाे किनारबाट सुरू भएकाे सभ्यतालाई हामी"/>
2026-08-15 08:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्वाङओ सभ्यता सँगैको चिन र यसको उत्थान

सुमन सिग्देल । चिनकाे मध्य पुर्बी भागमा एउटा लामाे नदी छ जस्लाई चिनीयाहरू ह्वाङअाे नदी भन्छन् । यसै नदीकाे किनारबाट सुरू भएकाे सभ्यतालाई हामी ह्वाङ्अाे  सभ्यता पनि भन्छाै । इ.शा पुर्व २६०० बर्ष अगाडी शुरू भएकाे याे चिनियाँ सभ्यता संगै चिनलाई धेरै राजाहरूले शासन गरे उनिहरूले शासन मात्र गरेनन् चिनियाँ समाजमा अफिम जस्ताे बिसकाे बिजाराेपण संगै यसकाे ब्यापारीकरण गरे ।

अाफ्नाे सीप र काैसलमा मूल्य देख्ने त्यति बेलाका गरिब जनताहरूलाई शासकले भ्रष्ट बनाए । चिनका सबै जस्ताे भुभागहरूमा अफिम खेतीकाे सुरूवात गरियाे र चिनकाे प्रमुख अायकाे स्राेत नै अफिम बन्याे । चिनकाे त्यति बेलाकाे उत्पादीत अफिमकाे ठुलाे मात्रा पशि्चमा  मुलुकहरूमा खपत हुन्थ्याे खास गरि फ्ान्स र बेलायतमा । चिन समान्तकालीन त्याे समाजमै बिकसीत बाटाेमा उन्मुख हुँदै थियाे ।

बैदेशिक मुद्रा भित्रदै जानू चिन सम्पन्न बन्दै जानू पश्चिमा मुलुकहरू खास गरि बेलायतका लागि याे एउटा दुखद घटना हुँदै थियाे । बेलायतले यसै समयमा घाेषणा गर्याे । चिनियाँ अफिम अब प्रतिबन्ध हुने छ । चिन भित्र याे घटना त्यति सहज हुन भने सकेन ।

बेलायती प्रतिबन्धका बाभजुत पनि चिनले यसलाई राेक्न सकेन परिणाम स्वरूप सन् १८३८ देखि सन् १८४२ सम्म अफिम युद्ध भयाे जसमा २०००० भन्दा बढी मानिसहरूले ज्यान गुमाउनु पर्याे । चिनकाे यसमा हार मात्र प्रमाणीत भएन उसले अाफ्नाे देशलाई दिर्घकालीन समय सम्म बाध्न सक्ने बेलायती साम्राज्यकाे सन्दी पत्रका हस्ताक्षर गर्नु पर्याे त्याे सन्दी पत्रले चिनकाे दक्षिण पुर्बी भुभाग हङ्कङ उस्बाट अलग गर्याे , बेलाउलाई चिनका ५ मुख्य बन्दरगहा खुल्ला गर्नु पर्ने , बिदेशी बस्तुमा ५ % भन्दा बढी अायात कर लगाउन नपाइने र बेलायती नागरीक लाई चिनियाँ कानुन बाध्य नहुने जस्ता अर्ध अाैपनीबेशीक मुलुकाे  स्वईकृती पत्रमा चिनकाे हस्ताक्षर भयाे ।

याे राज्यकाे सम्झाैताबाट चिनियाँ जनता अाहत भए उनिहरूले छिट फुट बिद्रोह पनि गरे तर सामन्तवादी सत्ता बिदेशी संग गर्नु परेकाे सम्झाैतामा कुनै अात्म गलानीकाे महसुस गर्दै थिएन ।चिनकाे त्यस पछीकाे समाज निकै गरिबी र समाजिक बिपत्तिकाे सिकार हुन पुग्याे ।

सन् १९२८ सम्म चिन एउटा पछाैटे सामन्तवादी मुलुककाे रूपमा स्थापीत भयाे तर पछि केही सम्झाैताहरू खारेज पनि भए । तर पनि सामन्ती जमिनदारी प्रथा र यसकाे चरम बिकास भएकाे बृहत चिनमा , मानिसहरू पशु जस्तै सजिलै किनबेच हुनु , र भाेकमरीले मानिसहरू मर्नु कुनै अनाैठाे बिषय थिएन ।

कमजाेर मानिसलाई बिभीद राेगहरूले गाजे जस्तै चिनलाई  सम्राज्यवादी मुलुकहरूले उपयाेगकाे माध्याम बनाउन खाेजे यसै बिच अर्काे त्याे समयकाे साम्राज्यवादी मुलुक जापानले चिन माथी हमला गर्याे । निरास चिनियाँ  जनता अब न त कुनै पनि बिदेशी शक्तिलाई टिकीरहन दिन चाहान्थे  नत चिन भित्रका सामन्तहरू जस्ले फेरी जापान संग सम्झाैता गर्न लाग्दै थिए उनिहरू संगनै ।

सन् १९२१ मा निर्माण भएकाे चिनियाँ कम्युनिष्ट पार्टी नै भाबी चिनकाे भबिष्य बन्न खाेज्दै थियाे । चिनका सुख्खा पहाडहरू , कठाेर हिमले भरिएका बस्तीहरू र मरूस्थलहरूबाट अब चिन गर्जदै थियाे । जनता  तयार भए सन् १९२७मा चिन तयार भयाे स्वतन्त्र  स्वाधीन र विशाल चिनकाे निर्माण यात्रामा निस्कन ।

हजाराै बस्तीहरू जले ताेप र गाेलाहरू महङ्गाे र जीवन निकै सस्ताे भयाे , अाफ्ना भाबी सन्ततीहरूकाे निमीत चिनकाे एउटा पुस्ताले परिवर्तनकाे अागाेम बारूद बनेर पढ्कीन तयार भए परिणामत सन् १९४९ मा चिनले पुन जन्म पायाे । अब चिन साेतन्त्र छ , ९९ सय बर्ष अगाडि बेलायतले जुन साम्राज्यवादी सैलीमा चिनकाे एउटा सुन्दर भुभाग हङकङ खाेसेकाे थियाे स सम्मान फिर्ता गरेकाे छ।

अाज चिन संसारकै तिब्र गतिकाे बुलेट रेलकाे गतीमा दाैडीरहेकाे छ । अाजका चिनका पुस्ता पुर्खकाे त्याे इतिहासकाे जगमा बिस्वकै उत्कृष्ट चिन निर्माणकाे यात्रामा लम्कीरहेका छन् । म विशाल चिनलाई देखेर टाेलाई रहेकाे त्याे क्षण एक चिनियाँ मित्र भन्छन् अाजकाे चिन चिअानहरू माथी फुलेकाे सुन्दर फुल हाे । झन्डै ८२लाख मानिसहरूकाे चिहानहरू माथी अाजकाे चिन दाैडीरहेकाे छ । म झ्याल खाेल्छु र पर हेर्छु सडका किनाराहरूमा फुलहरूकाे छेउमै दुई प्रेमीहरू हास्दै बसिरहेका छन् साेच्छु १९४९काे शिशु चिन साच्चै जवान भएकाे छ ।                      
 
जब चिनकाे विशालता संगै यसकाे इतिहासमा डुबुल्की मार्न खाेज्छु तब  अाफ्नेा देशकाे ईतिहास संग जाेड्न मन लाग्छ , हामीले पनि सामन्ती समाज नभाेकेकाे कहाँ हाे र , हामीले पनि हाम्राे भुमीहरू नगुमाएकाे कहाँ हाेर , सबै भन्दा प्रिय कुरा कुनै गुमायाै भने ती हाम्रो अाफन्तहरू थिए तर पनि हामी चिनियाँहरूकाे त्यही समाजमा छाै जहाँ मानिसहरूकाे बिक्री हुन्थाे फरक यति छ उनिहरू अाफ्नै देश भित्र बिक्री हुन्थे हामी अन्तरास्ट्रिय बस्तु जस्तै बिक्री भैरहेका छाै । त्याे समाज जहाँ मानिसहरू अकाल मर्ने गर्थे हाम्रोमा कुपाेसणकाे सिकार भएर मरिरहेका छन् ।

राज्य लुटेराहरूकाे हातमा परेकाे छ । अाज पनि हाम्रो मानवताकाे मरूध्यानमा जीवन रूपी बिकासकाे फुल फुल्न सकेकाे छैन ।यसकाे लागि हामीले हाम्रो पुर्खाहरूका रगतहरूले सिचिएकाे याे भुमिमा झारहरू हाेइन सुन्दर फुलहरू फुलाउनु पर्ने बेला भएकाे छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त