२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङका दैबी प्रकोप पिडित परिवारलाई राहत दिईने, यी ३४ जनाले पाउने

२०७४, २७ कार्तिक सोमबार १३:१३

चिसाङ शेर्पा | कात्तिक २७, खोटाङ | खोटाङमा दैवी प्रकोप सहयोग अक्षयकोषले जिल्लाका ३४ दैबी प्रकोप पिडित परिवारलाई राहत प्रदान गर्ने घोषणा गरेको छ । खोटाङ समाज हङकङले स्थापना गरेको कोषले  आगलागी, चट्याङ, बाढि पहिरो, हावाहुरी लगायतका प्राकृतिक विपत्तीमा परेका जिल्लाका पिडितको सहयोगार्थ २०७३ सालमा स्थापित विपद कोषले यस वर्षदेखि राहत दिने घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७३/०७४ भित्र भएका प्राकृतिक विपत्तीमा जनधन गुमाएका पिडितलाई राहत स्वरुप २ लाख ४० हजार प्रदान गर्न लागिएको कोष सञ्चालक समितिका अध्यक्ष भोगेन एक्लेले बताए । रोजगारीका सिलसिलामा हङकङमा पुगेका खोटाङ्गे युवाले स्थापना गरेको २० लाखको अक्षय कोषबाट जिल्लाका दुई नगरपालिका र आठ वटै गाउँपालिकाका प्रकोप पिडितलाई क्षतीको आधारमा राहत वितरण गरिने जनाइएको छ । छानिएका पिडित परिवारलाई मंसिर ४ गते दिक्तेलमा कार्यक्रम गरेर राहत वितरण गर्ने जानकारी दिइएको छ । 

जिल्ला दैबी प्रकोप उद्धार समितिको तथ्यांकका आधारमा ५ लाखभन्दा कम क्षती भएका २३ परिवारलाई प्रतिपरिवार ५ हजार, ५ लाखदेखि १० लाखभन्दा कम क्षती भएका ८ परिवारलाई प्रतिपरिवार १० हजार तथा १० लाखभन्दा बढि क्षती भएका ३ परिवारलाई प्रतिपरिवार १५ हजारका दरले राहत दिइने कोष सञ्चालक समितिले जनाएको छ । 

विपत्तीमा परेका सर्वसाधारणको सहज जीवनयापनका लागि खोटाङ समाज हङकङका तत्कालिन अध्यक्ष तेजप्रकाश राई अधिराजको पहलमा हङकङमा विपद कोष स्थापना भएको हो । बार्षिकरुपमा आउने व्याजमध्ये ७५ प्रतिशत रकम पिडितलाई वितरण गर्नेगरी अक्षय कोष स्थापना गरिएको हो । आगामी दिनमा प्राकृतिक विपत्तीमा परेका नागरिकलाई तत्काल राहत दिनेगरी काम गर्ने कोष संस्थापक एबं समाजका पुर्वअध्यक्ष राईले बताए । 

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, दिक्तेल, खोटाङ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित