2026-09-24 02:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारमा जाने जो-कोहिले पनि जान्नैपर्ने २७ कुराहरु यस्ता छन्

सास (काठमाडौँ) | बैदेशिक रोजगारी नेपालीका लागि बाध्यता बनेको छ । स्वदेशमै प्रयाप्त रोजगारी नहुँदा कयौं नेपालीहरुले विदेशमा श्रम गर्न जानुपरेको वर्तमान अवस्था छ । त्यसमा पनि बैदेशिक रोजगारी स्वस्थ नबन्दा, ठगि र एजेन्टहरुको पैसा खेति बनिदिंदा विदेशमा गई दु:ख पाउने तथा अलपत्र पर्नुपरेको अवस्था छ । यस्ता समस्याको न्यूनीकरणको लागि हामी आफैले पनि विदेश जाँदा बुझेर जानु अत्यावश्यक हुन्छ । 

पुर्व तयारी तथा पुर्व जानकारी लिएर बैदेशिक रोजगारीमा जाने जो कोहीपनि समस्या पर्दैनन् यदी परिहाले पनि उनीहरुलाई समस्याबाट बाहिर निस्कन के-के गर्न सकिन्छ भन्ने बारे चेतना हुन्छ, त्यसैले तपाईले पनि तलका २७ बुदालाई ध्यान दिएर पढ्नुहोस्, साथै अरुलाई पनि यस बारेमा जानकारी गराऊनुहोस् । 


 

१. केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ ।

२. लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ।

३. घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ ।

४. बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ ।

५. बैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ । विमा गर्दा कामदारलाई र उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।

६. बैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फ जानु पर्छ । व्यवसायिक वा Visit भिसामा जानु हुदैन । जानी जानी गलत कागजात बनाई जानु हुँदैन ।

७. घर परिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुनु पर्दछ ।

८. बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ । कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ । कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नु पर्छ ।

९. स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ । अन्य छिमेकी देशको बाटो गरेर जानु हुँदैन । बेचिन वा ठगीमा पर्न सकिन्छ ।

१०. आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ । यस्का लागि पूर्व प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्दछ ।

११. बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नु पर्छ ।

१२. बैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ ।

१३. बैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ ।

१४. आम संचार माध्यमले प्रकाशन गरेको बैदेशिक रोजगारको सूचना/ विज्ञापन सहि भए नभएको बुझ्नु पर्दछ । गलत विज्ञापन गरी पैसा उर्ठाई ठगि गर्न सक्दछन ।

१५. सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ।

१६. बैदेशिक रोजगारका लागि गएका कामदारले ध्यान दिनु पर्ने कुराहरु

१७. काम गर्न जाने मूलुकको नेपाली राजदूतावास, श्रम सहचारी, संघ गैर आवासीय नेपाली एवं नेपाली संघ संस्था आदिको सर्म्पर्क ठेगाना फोन आफ्नो साथमा राख्नु पर्छ । अप्ठ्यारो र कठीनाई पर्दा सर्म्पर्क गर्न सजिलो हुन्छ ।

१८. बिदेशमा रहदा नेपाली राजदूतावास, नेपाली संघसंस्था र आफ्नो घर परिवारको नियमित सर्म्पर्कमा रहनु पर्दछ । यसो गर्दा अप्ठारो पर्दा उद्धार गर्न सजिलो हुन्छ । मानसिक तनाव न्यून गर्न सकिन्छ ।

१९. काम गरिरहेको वा काम गर्न गएको कम्पनी छोडी अन्यत्र काम गर्न जानु हुदैन । कतिपय देशमा यस्तो गरेमा गैर कानूनी भइन्छ, जेल सजाय पनि हुन सक्दछ ।

२०. करार अवधि सकिएपछि स्वदेश फर्किएर पुन बीमा गराई श्रम स्वीकृति लिएर जानु पर्छ, अन्यथा दुर्घटना पर्दा बीमा र अन्य आर्थिक सहायताको सुविधा पाइदैन ।

२१. सम्झौता गरेको भन्दा फरक कम्पनीमा, फरक काममा, कम पारिश्रमिकमा काम लगाएको छ भने तुरुन्त नेपाली दूतावास, बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्छ । आफू खुसी अन्यत्र काम गर्न जानु हुँदैन ।

२२. कोठामा बस्दा वा सुत्दा ए.सी.को सही किसिमवाट प्रयोग गर्नु पर्दछ । थाहा नभएको काम कुरा सिकेर जानेर मात्र गर्नु पर्दछ ।

२३. कमाएको पैसाको फजुल खर्च गर्नु हुंदैन, बचाएको पैसा बैंकिङ्ग च्यानलवाट पठाउनु पर्छ, व्यक्तिगत तवरवाट र हुण्डीवाट पठाउदा जोखिम -खतरा) हुन्छ ।

२४. आफ्नो स्वास्थ्य र क्षमताको ख्याल गरेर काम गर्नुपर्छ, क्षमता भन्दा बढी ओभरटाइम काम गर्नु हुंदैन ।

२५. खास गरी खाडि मुलुकमा जाँदा पान मसाला, पराग, मर्चा तथा अन्य सुर्तिजन्य पदार्थ, मदिरा लैजान र र्सार्वजनिक स्थानमा प्रयोग गर्न प्रतिवन्ध छ । यस्ता सामान लुकाई लगेमा, विक्रि गरेमा वा प्रयोग गरेमा कडा सजाय हुन्छ । जाँड रक्सी र लागू पदार्थ जस्ता कुलतमा लाग्नु हुँदैन ।

२६. सम्वन्धित मुलुकको, कम्पनीको नियमको पालना गर्नु पर्छ, अरुको धर्म संस्कृतिको सम्मान गर्नु पर्दछ । अनावश्यक झै झगडा र अरुको उक्साहटमा हडतालमा उत्रनु हुँदैन ।

२७. सम्वन्धित देशको ट्राफिक नियम वुझ्ने र पालना गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ