पढ्न करिब 2 मिनेट लाग्छ

नन्दराम जैशी, कार्तिक २८ जुम्ला । निशुल्क आँखा शिविरका अवसरमा जुम्लाका ८१ जना जेष्ठ नागरीकलाई कम्बल र कपडा बितरण गरीएको छ ।

सोमबार सम्पन्न भएको ३२ औ आँखा शिविरका अवसरमा आँखाको शल्यक्रिया गरेका २१ जना जेष्ठ नागरीकलाई कम्बल बितरण गरीएको छ । ६० जना बिरामिलाई कपडा वितरण गरीएको हो । हिमालयन आँखा अस्पतालको आयोजना तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र नेपाल नेत्र ज्योती संघ शाखा जुम्लाको सहयोग र समन्वयमा सम्पन्न भएको आँखा शिविरमा सत्य साईभजन समुह जुम्लाले जेष्ठ नागरीकलाई कम्बल बितरण गरेको छ ।

लायन्स क्लबको सहयोगमा ६० जना बिरामिलाई कपडा वितरण गरीएको छ । माइनस डिग्रीमा पुगेको चिसोलाई मध्यनजर गर्दै जेष्ठ नागरीकको सेवाका लागि कम्बल बितरण गरीएको सत्य साईभजन समुहकि अध्यक्ष बिणा क्षेष्ठले बताउनुभयो ।

दान पेटिकामा जम्मा भएको सानो रकममा केहि रकम थपेर सेवाका लागि जेष्ठ नागरीकलाई एक एक वटा कम्बल दिइएको छ । कम्बल पाएपछि खुसि ब्यक्त गर्दै तातोपानि गाँउपालिका बाईराँकाका ६० बर्षिय जेष्ठ नागरीक हिरामनि नेपालिले चिसोबाट सुरक्षित रहन टेवा पुग्ने बताउनुभयो ।

तिला गाँउपालिका घोडेमहादेबकि बृद्ध तेउरी रोकायाले भन्नुभयो, घरको आर्थिक अवस्था नाजुक छ । आर्थिक अवस्था कमजोर भएकै कारण समयमै आँखाको उपचार गर्न पाएको थिएन ।

तर यो पटकको निशुल्क आँखा शिविरमा आँउदा आँखाको उपचारसँगै कम्बल पनि सितैमा पाएँ भन्दै खुसि ब्यक्त गर्नुभयो । यस्तै तातोपानि गाँउपालिका २ बाबिराका बिष्णु बहादुर बुढाले कम्बल पाएकोमा राहातको महशुस गर्नुभएको छ ।

उहाले भन्नुभयो, हामिजस्ता आर्थिक अवस्था कमजोर भएका बृद्धहरुलाई थौरै भएपनि भौतिक सामानको खाँचो हुन्छ । घरका परिवारसँग भन्न सकिदैन । त्यसैमा पनि माइनसमा झरेको तापक्रमले बृद्ध बृद्धालाई सारै समस्या गरेको छ ।

यस्तो अवस्थामा कम्बल पाउनु खुसिको कुरा भएको बृद्ध बिष्णु बहादुर बुढाको भनाइ छ । चन्दननाथ नगरपालिका जुम्लाकि मेयर कान्तीका सेजुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरका अवसरमा जुम्लाका ७ सय ९७ जना आँखाका बिरामिले सेवा लिएका छन् । जसमध्य १ सय ७६ जना बिरामिको आँखा शल्यक्रिया गरीएको नेत्र ज्योति सघँ शाखा जु्म्लाका सभापती धन बहादुर बस्नेतले बताउनुभयो ।

उहाले भन्नुभयो, ग्रामिण भेगका आर्थिक अवस्था कमजोर भएका आँखा रोगिलाई मध्यनजर गर्दै हरेक बर्ष शिविर संचालन हुन्छ । जस अनुसार यस बर्षपनि शिविर भब्य रुपमा सम्पन्नभयो । शिविरका अवसरमा बिरामिलाई खाना, नास्ता लगाएत विभिन्न कुरामा सहयोग गर्ने सबै दाताप्रति सभापती धन बहादुर बस्नेतले धन्यबाद ब्यक्त गर्नुभयो ।