२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई आउँदा मैले म्यानपावरलाई ३ लाख ६० हजार तिरें तर…

२०७४, २८ कार्तिक मंगलवार ०८:१८

थमन गुरुङ्ग (युएई) | म हाल युएईको आबुधावी शहरमा बिगत केहि समयदेखी PSBD SECURITY GUARD मा कार्यरत छु । यहा्ँ UAE मा दुई किसिमका सुरक्षा गार्डहरु छन् (१) DPS (२) PSBD र यस PSBD मा आउने हरेक नेपालीले म्यानपावर कम्पनीमा रु. ३ लाख ५० हजारदेखी ४ लाख ५० हजारसम्म तिरेर आउँछन्  र मैले पनि गौशाला स्थित 'सेवेन सिज' नामक म्यानपावर कम्पनीमा रु. ३ लाख ६० हजार बुझाएर आएको हुँ र म्यानपावर कम्पनीले रु १० हजारको मात्र रसिद थमाइदियो । तीन दिने अभिमुखिकरण तालिमको निम्ति प्रति ब्यक्ति रु ६,००० अतिरिक्त शुल्क भर्न लगायो । 

अब भन्नुस के यो मापदण्ड सहि छ ? यो दश हजारको रसिद कुन आधारमा हामीलाई दिइयो ? नि:शन्देह यसमा सेटिङ हुनैपर्छ । बैदेशिक रोजगार बिभागको अनुसार मोबाइलको म्यासेज बक्समा गई PP टाइप गरि एक स्पेस छोडेर आफ्नो पासपोर्ट लेखी 34001 सेन्ड गरि हेर्दा त्यहाँ पनि लागत रु १०,०००/- (दश हजार मात्र) भनि म्यासेज आउँदो रहेछ, यदि भिजा लागेको खण्डमा म्यासेजको अन्तमा dofe भनि आउदो रहेछ । 

त्यसैले मलाइ लाग्छ dofe (बैदेशिक रोजगार बिभाग)  कै कर्मचारीकै पनि मिलिमतो हुनसक्छ । बिभागले म्यानपावरले कामदारसँग कति लुट्छन लुटोस भनेर छुट दिँदै आफुलाई पनि केहि कमिसन राखेका छन् हैन भने यत्रो बेथिति देख्दा-देख्दै नियमनककारी निकाय किन मौन ? विदेश जाँदा ठगिने अधिकांशले म्यानपावरले पैसा उठाउनु बिभागको समेत मिलिमतो छ भनेर भन्दै गर्दा किन बिभागले आफुलाई चोख्याउने काम गर्न सक्दैन ? 

यदी बैदेशिक रोजगार बिभाग र सम्बन्धित निकाय निर्दोष छन् भने सरकारले लागु गरेको 'जिरो कष्ट' लागु गर्न सक्छ तर जब उनीहरुनै कमिसनको खेलमा भएर होला, बैदेशिक रोजगारमा बेथिति कहिलै सुध्रन सक्दैन । 

२/४ जना भ्रष्ट कर्मचारीको अकुत सम्पति कमाउने चक्करमा लाखौँ सोझा नेपालीहरुले दु:ख पाउनु परिरहेछ । 

धन्यबाद ! 

(तपाइको पनि यस्तै बिषयमा केहि गुनासो छ भने नेपालीमा लेखेर [email protected] मा इमेल गर्नुहोला । इमेल गर्दा तपाइको परिचय खुल्ने कागजातको फोटो खिचेर पठाउनुपर्नेछ । साथै आफ्नो तश्विरसहित टिप्पणी राख्न चाहनुहुन्छ भने फोटोसमेत पठाउन सक्नुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन