2026-10-15 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु

कात्तिक २९, जुम्ला । ठीचौर गाउँपालिका–१ मणिसाँघुमा सोमबार राति भएको भे१त ७३८६ नंको ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–८ तलिउम जुम्लाका १७ वर्षीय ललित धराला र जाजरकोट कुसे गाउँपालिका–७ निवासी अन्दाजी १८ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार राजेन्द्र सुनारले जानकारी दिनुभयो । सुनारका अनुसार डोल्पाको चौंरीकोटबाट जुम्ला आउँदै गरेको सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई बाटो दिने क्रममा दुर्घटना भएको हो । 

दुर्घटनामा चालक रमेश दमाईं हाम्फालेर बाँचेका छन् । दुवै सहचालक सडकदेखि ६० मि तल खोलामा च्यापिएको अवस्थामा भेटिएको जनाइएको छ । दुवैको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठान विज्ञान प्रतिष्ठान जुम्लाको शवगृहमा र चालक दमाईंलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल सदरमुकाम जुम्ला खलंगादेखि झण्डै २० किमी टाढा रहेको र बेलैमा फोन सम्पर्क हुन नसकेकाले मंगलबार बेलुका मात्र शव प्रतिष्ठान जुम्लामा पु¥याइएको हबल्दार सुनारले बताउनुभयो । जाजरकोटबाट विकका आफन्त आएपछि दुवैको शव परीक्षण गरी आफन्तलाई बुझाइने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए