१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु

२९ कार्तिक २०७४, बुधबार १०:२७

कात्तिक २९, जुम्ला । ठीचौर गाउँपालिका–१ मणिसाँघुमा सोमबार राति भएको भे१त ७३८६ नंको ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–८ तलिउम जुम्लाका १७ वर्षीय ललित धराला र जाजरकोट कुसे गाउँपालिका–७ निवासी अन्दाजी १८ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार राजेन्द्र सुनारले जानकारी दिनुभयो । सुनारका अनुसार डोल्पाको चौंरीकोटबाट जुम्ला आउँदै गरेको सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई बाटो दिने क्रममा दुर्घटना भएको हो । 

दुर्घटनामा चालक रमेश दमाईं हाम्फालेर बाँचेका छन् । दुवै सहचालक सडकदेखि ६० मि तल खोलामा च्यापिएको अवस्थामा भेटिएको जनाइएको छ । दुवैको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठान विज्ञान प्रतिष्ठान जुम्लाको शवगृहमा र चालक दमाईंलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल सदरमुकाम जुम्ला खलंगादेखि झण्डै २० किमी टाढा रहेको र बेलैमा फोन सम्पर्क हुन नसकेकाले मंगलबार बेलुका मात्र शव प्रतिष्ठान जुम्लामा पु¥याइएको हबल्दार सुनारले बताउनुभयो । जाजरकोटबाट विकका आफन्त आएपछि दुवैको शव परीक्षण गरी आफन्तलाई बुझाइने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ