Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
November 17, 2017 बैतडी - BTD, समाज

बैतडीमा रूखबाट लडेर एकजनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर १, बैतडी । </b>रूखबाट लडेर विहिबार बैतडीमा एक वृद्घाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महरा हुनुहुन्छ । बिहिबार बिहान ८ बजे घरनजिकै रहेको बाँजको रूखमा घाँस (स्याउला) काट्न भनी गएकी कलावतीको एक्कासि लडेर गम्भीर घाइते हुनुभएको थियो ।&nbsp;</p><p>गम्भीर घाइते कलावतीलाई उपचारका लागि डडेल्धुरातर्फ लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको प्रहरीले जनाएको छ । रासस</p>