2026-10-31 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द

2026-10-31

काठमाडौँ | कुलेखानी जलाशयमा पानीको सतह बढेर बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–देउराली–कुलेखानी सडक खण्डमा १२ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले तोकिएको अवधिमा सवारी सञ्चालन तथा यात्रा नगर्न आग्रह गरे । बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन रोकिएको प्रशासनले जनाएको छ।

बंगालको खाडीमा बनेको चक्रवात ‘अर्नब’को प्रभावका कारण १२ कात्तिकदेखि मकवानपुरमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण कुलेखानी जलाशयको सतह बढेर शनिबार साँझसम्म १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ। जलाशयको अधिकतम सतह १ हजार ५३० मिटर हो । जलाधार क्षेत्रमा अप्रत्याशित भारी वर्षा भए जलाशयको सुरक्षा र पानीको सतह सन्तुलन कायम राख्न बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने प्रशासनले जनाएको छ । बाँधका ढोका खोलिए सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम छ।

प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय