काठमाडौँ | बिहीबार रातिदेखि लगातार परेको वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार हुँदै गएको छ। काठमाडौँमा शनिबार घाम लागेको छ भने देशका अधिकांश भूभागमा पनि वर्षा रोकिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र मधेस प्रदेशमा सामान्यतया बादल लागेको छ। बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। महाशाखाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको जनाएको छ।