
काठमाडौँ | राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज हुने भनिएको सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्सबीच दाेस्राे खेल वर्षाका कारण प्रभावित भएकाे छ। ५ बजेदेखि खेल सञ्चालन हुने भए पनि वर्षाका कारण मैदान भिजेकाले अहिलेसम्म टस समेत हुन सकेकाे छैन।
वर्षा राेकिएकाे भए पनि त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानकाे आउटफिल्ड भिजेका कारण अहिलेसम्म टस हुन नसकेकाे हाे। आउटफिल्ड सुकाउने काम भइरहेकाे छ। ओभर घटाएर भए पनि खेल सञ्चालन गर्ने तयारी क्यानकाे रहेकाे छ। एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दै छ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो ।
हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शीर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ । यसअघि आजै हुने भनिएकाे लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाकै कारण रद्द भएको थियाे। याे खेल टस नै हुन नपाएर खेल रद्द भएको हाे। खेल रद्द भएसँगै दुबै टाेलीले १/१ अंक बाँडेका छन्। अंक बाँडेसँगै लुम्बिनी ३ अंकसहित दाेस्राे र समान ३ अंकसहित चितवन तेस्रोमा छ ।