
काठमाडौँ | तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिल बलिङ गर्ने निर्णय लिएको छ । टोलीमा परवेज होसेन र आदित्य महता समावेश हुँदा लुम्बिनी लायन्सले अभिशेष गौतमको स्थानमा दिलीप नाथलाई खेलाएको छ ।
लुम्बिनी र जनकपुर दुवै टिम तेस्रो जितको खोजीमा छन् । लिगको पहिलो स्थानमा रहेको लुम्बिनी लायन्सको ५ अंक छ भने जनकपुरको ४ अंक छ ।