सास । मंसिर १, बर्दिया ।

झकिझकाउ मञ्चमा छोराले आमाको कानमा इमान्दार हुँदै खुसुक्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १, बर्दिया ।

झकिझकाउ मञ्चमा छोराले आमाको कानमा इमान्दार हुँदै खुसुक्क"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अामा ! मेरै गल्तीले एचअाइभी एड्स सर्यो !

२ मंसिर २०७४, शनिबार ०२:४६

सास । मंसिर २, बर्दिया ।

झकिझकाउ मञ्चमा छोराले आमाको कानमा इमान्दार हुँदै खुसुक्क भन्दै थिए, ‘आमा ! मेरै कारणले मेरी श्रीमती र मेरो छोरालाई एचआइभी सरेको हो ।


यो दृश्य शुक्रबार गुलरिया स्थित भेरी कलेज अफ मेडिकल साइन्समा नर्सिङ, ल्याब टेक्निसियन लगायतका कार्यक्रममा अध्ययनका लागि नव प्रवेशी विद्यार्थीहरुलाई आयोजित स्वागत कार्यक्रममा प्रस्तुत गरिएको सन्देशमूलक नाटकमा देखिएको दृश्य थियो । सबै छात्राहरुले नै यसमा सम्पूर्ण पात्रहरुको भूमिका निभाएका थिए । अत्यन्तै सुन्दर ढंगबाट एचआईभी एड्का सन्दर्भमा सचेतनामूलक विषयमा केन्द्रित रहेको नाटक हेर्ने दर्शकहरुले मनोरञ्जनका साथमा सन्देश पनि प्राप्त गरिरहेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु विद्यार्थीहरुबाट प्रस्तुत गरिएको थियो ।  

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले अङ्ग्रेजी भाषा भन्दा पनि आफ्नै भाषालाई प्राथमिता दिनुपर्नेमा जोड दिनुभयो । साथै अब प्रयोगात्मक शिक्षालाई जोड दिँदै किताबी ज्ञान भन्दा पनि पायोगात्मक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने कुरा औंल्याउनुभयो ।

सिर्जनशील प्राविधिक शिक्षालयका सञ्चालक तथा साहित्यिक व्यक्तित्व हेमराज ज्ञवालीले नेपाली भाषा पछिल्लो समयमा विकृत बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै यस सवालमा सबैको चिन्ता र चासो व्यक्त गर्नुभयो । 


बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पाण्डे विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा प्रिन्सिपल गंगा पौडेलले नवआगन्तुक विद्यार्थीहरुलाई शुभकामना दिनुहुँदै कलेजबाट उत्पादित विद्यार्थीहरु अब्बल भएर निस्कनु पर्छ भन्नुहुँदै सबै विद्यार्थीहरुलाई आ–आफ्नोतर्फबाट मिहिनेत गर्नका लागि सुझाव दिनुभयो ।

हाल यस कलेजले १८ महिने कार्यक्रमहरु ४ ओटा, नर्सिङ र सिएमएलटी गरी जम्मा ६ ओटा प्राविधिक धारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । अाफ्नै नीजि भवनमा सुविधा सम्पन्न प्रयोगशालासहित जिल्लामै पहिलोपटक नर्सिङ विषयको पठनपाठन शुरु गरिएको भेरी कलेज अफ मेडिकल साइन्स छोटो समयमा मध्य पश्चिममै अब्बल दर्जामा रहँदै विगतका नतिजाहरुमा उत्कृष्ट बन्न सफल भएको कलेजका प्रवन्ध निर्देशक सुधाकर मिश्रले बताउनुभयो । यस कलेजमा अध्यनन गरी प्राविधिक दक्षता हासिल गर्नका लागि मध्य तथा सुदुर पश्चिमका विभिन्न जिल्लाहरुबाट अाउने विद्यार्थिहरुको संख्या बढ्दो रहेको निर्देशक मिश्र बताउनुहुन्छ ।

 

स्वागत कार्यक्रममा बर्दिया मेडिकल इन्स्टिच्यूटका अध्यक्ष पञ्चलाल नापित, कलेजमा प्रशिक्षण गर्नुहुने प्रशिक्षक तथा कर्मचारीहरु, विद्यार्थीहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम कलेजको परिसरमा अायोजना गरिएको थियो । 

नाटकमा अभियन गर्दै नर्सिङ्ग तेस्रो वर्षका विद्यार्थीहरु ….


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य