2026-11-05 05:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल

2026-11-05

काठमाडौँ | पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री कानुनहरूको प्रदर्शनीका रूपमा अघि बढाउने बताएका छन् ।‘नेपाल पूर्वाधार सम्मेलन’को पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै मन्त्री लम्सालले यसपटक सम्मेलनको मुख्य उद्देश्य लगानीकर्तालाई कानुनी सुरक्षाको सुनिश्चितता देखाउनु रहेको स्पष्ट पारे।

मन्त्री लम्सालले विगतमा जस्तो ‘यति बिलियन डलरको प्रोजेक्ट पिच गर्‍यौँ’ भनेर संख्या देखाउनका लागि मात्र सम्मेलन नगरिने बताए। ‘लगानीकर्ताका लागि लगानीको सुरक्षा, श्रमिकको संरक्षण, बजारको ग्यारेन्टी र लगानी नडुब्ने वातावरण चाहिन्छ,’ उनले भने, ‘हामीले ती सबै सुनिश्चितता प्रदान गर्न कानुनहरू संशोधन गरिसकेका छौँ भनेर ‘कानुन शोकेस’ गर्नु नै यो सम्मेलनको प्रमुख लक्ष्य हो।’

मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न हाल ५९ वटा ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिँदै मन्त्री लम्सालले तिहार लगत्तै ती कानुनहरूलाई औपचारिकता दिएर राजपत्रमा प्रकाशित गर्ने तयारी भइरहेको बताए। सरकारबाट एकपटक स्वीकृति पाइसकेका आयोजनाहरूलाई कुनै पनि पक्षबाट अवरोध नहुने गरी कानुनी ढाँचा र श्रमिक सुरक्षाको व्यवस्था गरिएको उनको भनाइ छ। स्वदेशी उत्पादन प्रवर्द्धनका लागि सरकारले दसैँअघि नै निर्देशिका जारी गरिसकेको स्मरण गराउँदै उनले सार्वजनिक खरिदमा ‘मेड इन नेपाल’ (स्वदेशी उत्पादन) लाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको बताए। अब संसद् सुरु भएपछि सरकारी तथा निजी दुवै क्षेत्रका पूर्वाधार निर्माण संरचनामा यो व्यवस्था कडाइका साथ लागू हुने उनले उल्लेख गरे।

सुशासन र नीतिगत सुधारका लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालयले तीव्र गतिमा काम गरिरहेको बताउँदै मन्त्री लम्सालले हाल संसद् र राष्ट्रिय सभा दुवैमा आर्थिक समृद्धिको एजेन्डामा सकारात्मक वातावरण रहेकाले लगानी सम्मेलन ऐतिहासिक रूपमा सफल हुने तर्क गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध