2026-11-05 05:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर

2026-11-05

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भर्खरै सम्पन्न खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले हराएको हो ।

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रनमात्रै बनाउन सक्यो । हरमीत सिंहले ३३, आदित्य महताले अविजित ३०, सैफ हसनले २८, तृत राज दासले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ लुम्बिनीका डार्सी शर्टले तीन तथा शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए । रुवेन ट्रम्पलमनले एक सफलता हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोड्यो । रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २७, दीलिप नाथले २५ तथा आसिफ शेखले २१ रन जोडे । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए । बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल शुस्लिङले दुई–दुई तथा हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए । चार खेलमा तीन जित र एक रद्द भएको खेल गरी ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा यथावत छ । जनकपुर भने ५ खेलमा तीन हार र दुई जितको नतिजासहित ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध