2026-11-05 05:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा

2026-11-05

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै पनि आर्थिक लेनदेन नभएको स्पष्ट पारेका छन् । बिहीबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन नभएको बताएका हुन् ।

‘हाम्रो पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन,’ उनले भनेका छन् । इनम सापकोटाले भनेकै आधारमा जवाफ दिइरहन आवश्यक नभए पनि केही विषय स्पष्ट पार्नुपर्ने भएकाले आफूले धारणा सार्वजनिक गरेको उनले बताए । ‘हामीले चाहेको राम्रो अनुसन्धान होस् भन्ने हो । अनुसन्धानले दूधको दूध, पानीको पानी छुट्टिन्छ । हामी त्यसकै प्रतीक्षामा छौं,’ उनले भने ।

उनले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको दाबी गर्दै आफ्ना हात सफा रहेको बताएका छन् ।‘ढुक्क हुनुहोस्– म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । मेरा हात सफा छन्,’ उनले भनेका छन् । उनले गलत प्रश्न आफूलाई नभई सम्बन्धित ठाउँमा सही प्रश्न सोध्न पनि आग्रह गरेका छन् । ‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौं,’ उनले थप लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध