2026-08-27 03:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विराटनगरको वरगाछी–रोडशेष सडक कालोपत्र हुने

मङ्सिर २, विराटनगर (रासस) | विराटनगर महानगरपालिकाको बरगाछीदेखि रोडशेष चोकसम्मको तीन किमी धुलाम्मे सडक कालोपत्र भई समस्या समाधान हुने भएको छ । 

महानगरपालिका र व्यापारिक मार्ग विस्तार आयोजना (छ लेन) को प्रतिनिधिको टोलीबीच शुक्रबार सडक समस्या चाँडै समाधान गर्ने सहमति भएको छ । अहिले तत्कालका लागि बरगाछीदेखि रोडशेष चोकसम्म तीन किमी र नौ मी चौडा सडकमा द्रुत गतिमा कालोपत्र गर्ने सहमति भएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । 

उक्त सडक कालोपत्र भएसँगै महानगरवासीलाई आवतजावत तथा सवारी सञ्चालनमा केही हदसम्म सहज हुने अनुमान गरिएको छ । सडक कालोपत्र गर्ने सम्बन्धमा भएको छलफलमा महानगर प्रमुख पराजुली, प्रशासकीय प्रमुख प्रदीप निरौला, इ घनेश्याम काफ्ले र इ हर्क प्रधान तथा छ लेन सडक परियोजनाका प्रमुख विनोदकुमार मौवार रहनुभएको थियो । 

महानगरपालिकाले परियोजनाका काममा समन्वय गर्न इ काफ्ले र परियोजनाका तर्फबाट इ प्रधानको रहने गरी दुई सदस्यीय टोलीसमेत गठन गरेको छ । पटक पटक व्यापारिक मार्ग विस्तार आयोजनाका पदाधिकारीलाई महानगरले समस्या समाधान गर्न आग्रह गरेको थियो । . लामो समयदेखि समस्या समाधान नभएपछि महानगरले खाल्टाखुल्टी पुर्ने र सडकमा वारुणयन्त्रद्वारा पानी हालेर धुलो नियन्त्रण गर्ने काम गर्दै आइरहेको छ । 

– फाइल तश्विर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’