2026-11-20 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता

2026-11-20

काठमाडौँ | स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लाग्न दिनुभन्दा लाग्नै नदिने स्वास्थ्य वातावरण निर्माण गर्नुपर्ने बताएकी छन् । प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन २०२६ लाई आज यहाँ सम्बोधन गर्दै उनले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वस्थ र अनुकूल वातावरण निर्माण गर्नु प्रभावकारी र दिगो हुने बताएकी हुन् ।

मन्त्री मेहताले स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको महत्त्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताइन् । उनले भनिन्, “स्वास्थ्यलाई अस्पताल, उपचार र औषधिमा मात्र सीमित राख्नुहुँदैन । मानिसको स्वास्थ्य उसको सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थासँग समेत जोडिने भएकाले ती पक्षलाई सम्बोधन गर्नु स्वास्थ्य प्रवर्द्धनको मुख्य उद्देश्य हुनुपर्छ ।”

उनले उच्च रक्तचाप, मधुमेह, मुटु तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग, मानसिक स्वास्थ्य समस्या, सडक दुर्घटना, वायु प्रदूषण तथा जलवायु परिवर्तनबाट सिर्जित स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रको एकल प्रयास पर्याप्त नहुने बताइन् । यसका लागि शिक्षा, कृषि, खानेपानी, सहरी विकास, स्थानीय सरकार, सञ्चारमाध्यम र निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले उल्लेख गरिन् । सङ्घीय संरचनामा स्वास्थ्य प्रवर्द्धनको जिम्मेवारी तीनै तहका सरकारमा रहेको उल्लेख गर्दै मन्त्री मेहताले स्थानीय आवश्यकता, भाषा, संस्कृति र परिवेशअनुसार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

सम्मेलनले सन् २०३० सम्मका लागि नेपालको स्वास्थ्य प्रवर्द्धनका प्राथमिकता निर्धारण, स्वास्थ्य प्रवर्द्धन प्रणालीको सुदृढीकरण, दिगो लगानी, स्वास्थ्य सेवामा समान पहुँच तथा जवाफदेहितालगायत विषयमा छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल फाइनलको टिकट खुलेको केही समयमै ‘सोल्ड आउट’ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय सार्वजनिक आउँदै आएन भन्ने नपरोस् भनेर आएको हुँ : केपी शर्मा ओली प्रधानमन्त्री बालेनको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने मन्त्रिपरिषद्को बैठक जारी प्रधानमन्त्री बालेन शाह आइतबार भारत जाने, सोमबार साँझ स्वदेश फर्कने धादिङमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते हेलिकप्टरबाट काठमाडौँ ल्याइए सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो, प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता योगेश भट्टराई : विचार, संगठन र नेतृत्व पुनर्गठन गर्दै एमाले अघि बढ्छ २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न चितवनले टस जित्यो, पहिले ब्याटिङ गर्ने पृथ्वी राजमार्ग अन्तर्गतको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी काठमाडौँ र मोरङबाट जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ ओलीको निर्देशन : विदेश भ्रमणमा जानुअघि पार्टीलाई अनिवार्य जानकारी दिनुपर्ने बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना : १४ यात्रु घाइते काठमाडौँका विभिन्न स्थानमा मङ्सिर १४ गतेसम्म दैनिक साढे ५ घण्टासम्म बत्ती जाने ओलीको टिप्पणी : एमालेमा भवितव्यले कोही अध्यक्ष, उपाध्यक्ष वा महासचिव बन्दैन मोदीको नागरिकलाई सुझाव : अनावश्यक खर्च होइन, बचत गर्ने बानी बसालौँ