2026-11-24 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ

2026-11-24

काठमाडौँ | पाल्पाको तिनाउ गाउँपालिका–६ खहरेमा दाउरा प्रहार गरी एक जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय नन्दलाल बजगाईँ रहेका छन् । उनको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय नारायण लम्तरीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कात्तिक ६ गते साँझ करिब ६ बजे बजगाईँ र लम्तरीबीच वादविवाद भएपछि झैझगडा भएको थियो । सोही क्रममा लम्तरीले दाउरासमेत प्रयोग गरी बजगाईँको टाउकोलगायत शरीरका विभिन्न भागमा पटक-पटक प्रहार गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका बजगाईँलाई उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल तानसेन लगिएको थियो । उपचारका क्रममा साँझ करिब साढे ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि फरार भएका लम्तरीविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी खोजी सुरु गरेको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंसिर ७ गते रैनादेवी छहरा गाउँपालिका-४ छहराबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका लम्तरीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै