
काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले आफू पार्टी नेतृत्वमा आइसकेपछि एमाले अध्यक्ष केपी ओलीसँग पाँच पटक भेट गरिसकेको बताएका छन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीसहित सबै दलका शीर्ष नेताहरूलाई आफूले भेट्नु स्वाभाविक भएको बताए।
उनले भने, ‘मैले कांग्रेसको सभापति भइसकेपछि केपी ओलीलाई पाँच चोटि भेटेको छु। अस्ति मैले पाँचौँ पटक भेटेँ। म कांग्रेस सभापति हुँ, एमालेको अध्यक्षसँग मेरो भेटघाट हुन्छ, माओवादी अध्यक्षसँग भेटघाट हुन्छ, रास्वपाको सभापतिसँग भेटघाट हुन्छ। प्रधानमन्त्रीले कोहीसँग भेटघाट नगर्ने भएको हुनाले उहाँसँग हुँदैन, बाँकी सबैसँग हुन्छ।’
प्रदेशको सरकारको विषयमा छलफल हुनु स्वाभाविक भएको बताए।