2026-11-24 06:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता

2026-11-24

काठमाडौँ | सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–कतार सम्बन्ध थप सुदृढ बनाउने, लगानी विस्तार गर्ने तथा दुई देशबीचको सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

भेटमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउनुपर्ने बताएका छन् । उनले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्य गर्न आग्रह गरेका छन् । सभामुख अर्यालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार र सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्राउन आग्रह गरेका छन् ।

साथै, नेपालमा उत्पादित फलफूल, तरकारी र अन्नलगायत कृषि उपज कतारमा निर्यात गर्ने वातावरण बनाउन समन्वय गर्नुपर्नेमा जोड दिएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न तथा हवाई सम्पर्क विस्तारमार्फत पर्यटन र व्यापार प्रवर्द्धन गर्न पनि उनले आग्रह गरेका छन् । खेलकुदको विकासमा समेत दुई देशबीच सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

भेटमा सभामुखले गत वर्ष भोटेकोशी नदीमा आएको बाढीपछि कतार सरकारले गरेको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद दिएका थिए । उनले नेपालको पुनर्निर्माण तथा पुनःस्थापनामा थप सहयोगको अपेक्षा गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा दुई देशबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएका थिए । कतारी राजदूत अलअन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन र आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै