चिसाङ शेर्पा | मंसिर - ४,  खोटाङ | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीमा निर्माण सम्पन्न मोटरेबल पुल आगामी मंसिर ७ गते विहीवारवाट अनौपचारिक रुपमा खुल्ला गरिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | मंसिर - ४,  खोटाङ | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीमा निर्माण सम्पन्न मोटरेबल पुल आगामी मंसिर ७ गते विहीवारवाट अनौपचारिक रुपमा खुल्ला गरिन"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङ्गको जयरामघाट पुल विहीवारदेखि सञ्चालनमा आउने, जिल्लाले काँचुली फेर्ने अनुमान

२०७४, ४ मंसिर सोमबार १६:५१

चिसाङ शेर्पा | मंसिर – ४,  खोटाङ | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीमा निर्माण सम्पन्न मोटरेबल पुल आगामी मंसिर ७ गते विहीवारवाट अनौपचारिक रुपमा खुल्ला गरिने भएको छ । 

गत कार्तिक १५ गतेवाट एप्रोच स्याल्यापको डाउन स्टेपमा ग्याभिङ वाल, डण्डी र फर्माको काम हप्तादिन अघि सकिएसंगै एप्रोज रोड बनाउन शुरु गरिएको २३ दिनपछि पुल सञ्चालनमा ल्याईने भएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका निर्माणस्थलमा खटिनुभएका इन्जिनियर सीताराम कार्कीले बताउनुभयो ।

कार्कीका अनुसार “मंसिर ६ गते पुलको लोड टेष्ट गरिने छ । टेष्ट गरिएको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय दिक्तेल, सडक विभाग र निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको रोहवरमा पुलमा गाडी गुडाइ सुचारु गरिने छ ।”

आगामी मंसिर १० प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन भएका र निर्वाचन आचारसंहिता अनुसार कुनै पनि नेताले औपचारिकरुपमा पुल उद्घाटन गर्न पाउने व्यवस्था छैन । तसर्थ, पुलको सम्पुर्ण काम सकिएको र चुनाव लक्षित गरेर पुल अनौपाचारिक रुपमा खोल्न लागिएको हो । 

करिब १ सय ५० मिटर लामो मोटरेबल पक्की पुल नेपालकै नमूना भएको आयोजनाले जनाएकोे छ । करिब १० करोडको लागतमा पूरा हुने भनिएको जयरामघाटको पक्की पुल सुचारु भएपछि खोटाङको विकासले काँचुली फेर्ने अनुमान गरिएको छ । जयरामघाटमा पक्की पुल नहुँदा झोलुङ्गे पुलमार्फत आवतजावत तथा दैनिक उपभोग्यवस्तु तार्नुपर्ने बाध्यता थियो । जसले गर्दा मृल्यबृद्धि बढने गरेको छ । 

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा पक्की पुल निर्माण गर्ने जिम्मा विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन र दिवाकर गोल्छाको हुलास इञ्जिनियरिङले लिएको थियो । २०६८ साल असारसम्ममा पुल निर्माणको सबै काम पूरा गर्ने शर्तमा दुवै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा नेपाल सरकार, सडक विभागसमक्ष ठेकेदार कम्पनीले सम्झौता गरेका थिए । 

२०६४ सालदेखि यातायात सञ्चालन भएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको छ । जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाखभन्दा बढी राज्यकोषको रकम खर्च हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि