2026-09-14 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाम एकताको नाममा देशलाई बर्बाद पार्न खोजियो: देउवा

दलसिंह गिरी/मंसिर ७, कालिकोट । अहिलेका कम्युनिष्टहरुले बाम एकताको नाममा देशलाई बर्बाद पार्न खोजेको नेपाली कांग्रेसका सभापती एवं अहिलेका बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आरोप लगाउनु भएको छ । 

नेपाली कांग्रेस कालिकोटको आयोजनामा जिल्ला सदरमुकाम मान्मदेखि पश्चिम तर्फपर्ने नरहरीनाथ गाउपालिका स्थीत कोटवाडा विमानस्थलमा आयोजित चुनावी आमसभाको सम्बोधन गर्दै देउवाले यस्तो आरोप लगाउनु भएको हो ।

देशको समृद्धि विकासका लागि अब एकमात्र विकल्प भनेको लोकतान्त्रिक गठबन्धन रहेको बताउनु भएको छ । देशको सार्वभौमताको रक्षाका लागि अब नेपाली जनताहरुले नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह समेत गर्नु भएको छ ।

अहिलेको कम्युनिष्ट शासन ब्यवस्थामा लोकतन्त्रको कुनै स्थान नरहने बताउदै प्रधानमन्त्री देउवाले ‘समृद्धि र लोकतन्त्र विकासका लागि नेपाली कांग्रेस एक प्रमुख शक्तिरहेको बताउनु भएको छ ।

चुनावी सभाको प्रमुखअतिथी रहनु भएका देउवाले  कर्णाली क्षेत्र नेपालमै पछाडी पारिएको क्षेत्र भएकाले यसको विकासका लागि आफुले धेरै प्रयास गरेको बताउनु भएको छ । कालिकोटको एक मात्र विमानस्थल सुनथराली विमान स्थललाई चाडै उडान सुचारु गरेर कालोपत्रे समेत गरिसक्ने प्रतिवद्धता गर्नु भएको छ ।

प्रदेश नं. ६ र ७ मा पर्ने रामारोसन, बडिमालिका पर्यटकिय क्षेत्रको विकास प्रर्बद्धनका लागि बडिमालिका रामारोसन कोटबाडा विमानस्थलमा सडक संजालले जोड्ने गुरुयोजना निर्माण गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताउनु भएको छ ।

चुनावी आमसभामा नरहरीनाथ गाउपालिका, शान्नीत्रिबेणी गाउपालिका लगायत आसपासका शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ