२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

क्रियाशिल पत्रकार मंच जुम्लाको अध्यक्षमा साझासबालकर्मी जैशी र्निविरोध

२०७४, ८ मंसिर शुक्रबार १३:५२

मंसिर ८, जुम्ला । क्रियाशिल पत्रकार मन्च नेपाल शाखा जुम्लाको अध्यक्षमा साझासबाल जुम्लाका जिल्ला सम्पादक नन्दराम जैशी र्निविरोध चयन हुनु भएको छ । 

जुम्लामा शुक्रबार सम्पन्न मंन्चको प्रथम जिल्ला अधिबेशन बाट जैशीलाई अध्यक्षमा र्निविरोध चयन गरिएको हो । समृद्ध प्रदेशको आधारशिला, विकासका लागि पत्रकाकारिता भन्ने नाराका साथ जुम्लामा सम्पन्न प्रथम अधिबेशनले चौथो शाखाका रुपमा क्रियाशिल पत्रकार मंचको शाखा जुम्लामा गठन गरिएको छ ।   

जसको उपाध्यक्षमा रेडियो नारी आवाजका पत्रकार दिलामाया शाहि, सचिवमा रेडियो खुल्ला आकाशका सरिता पराजुली, सचिवमा रेडियो कर्णालीका हरिकृष्ण महत, कोषाध्यक्षमा रेडियो माउन्टेनका सागर परियार चयन भएका छन् ।  

सदस्यमा माउन्टेन टुडे दैनिक जुम्लाका कार्यकारी सम्पादक मानदत्त रावल, र शुभाकर विश्वकर्मा सदस्यमा चयन भएको निनिर्वाचित अध्यक्ष नन्दराम जैशीले जानकारी दिए । उनका अनुसार क्रियाशिल पत्रकार मंचका विशुद्ध जुम्ली पत्रकारहरको क्षामता विकास तथा हक हितका लागि काम गर्ने छ ।

जिल्ला स्थित सम्पुर्ण सरोकारवालाहरु संग समन्वय तथा सहकार्य गरी श्रमजीवि पत्रकारहरुको हितका बारेमा काम गर्ने अध्यक्ष जैशीले बताए । निर्वाचित अध्यक्ष नन्दराम जैशी माउन्ेटन रेडियो जुम्लाका कार्यक्रम संयोजक, नेपाल समाचार पत्र जुम्लामा संबाददाता र साझा सबाल अनलाईन जुम्ला संबाददाता समेत हुनुहुन्छ । विगत ५ वर्ष देखि जुम्लामा पत्रकारिता पेशामा आबद्ध हुनुहुन्छ ।


प्रथम जिल्ला अधिबेशनको अबसरमा पत्रकार महासंघ केन्द्रिय सदस्य पुर्णप्रसाद चौलागाँईले जुम्लाको पत्रकारितालाई प्रभावकारी बनाउन क्रियाशिल पत्रकार मंचको महत्वपुर्ण भुमिका रहने विश्वास व्यक्त गर्नुभयो । 

पत्रकारहरुको प्रेश कार्ड उपलब्ध तथा बिमा देदि अन्य सेवा सुविधमा भईरहेको अन्यौलतालाई कम गर्न समन्वय तथा सहकार्य गरी क्रियाशिल पत्रकार मंचले काम गर्नुपर्नेमा केन्द्रिय सदस्य चौलागाईले जोड दिए । 

यता क्रियाशिल पत्रकार मंचका केन्द्रिय अध्यक्ष ललित बुढाले विगत २०६७ साल देखि क्रिया पत्रकार मंचले समग्र पत्रकाहरुको क्षामता विकास तथा शसक्तिकरणका क्षेत्रमा काम गर्दै आएको बताए ।

उनले चौथो जिल्ला शाखाका रुपमा जुम्लामा स्थापना भएको शाखाले जुम्लाको पत्रकारितालाई क्षामतावान बनाउन विशेष भुमिका खेल्ने बताए । अझै पत्रकारहरुको बौद्धिक विकास आबश्यकता अनुसार हुन नसंक्दा धेरै चुनौतीको सामाना गर्नु परेको छ । उहाले भन्नुभयो, अब जीवन जिउने आधार पत्रकारितालाई बनाउन क्रियाशिल पत्रकार मंचले विभिन्न माध्यमबाट सिकाउने अध्यक्ष बुढाले बताए ।

पत्रकार महासंघका जुम्लाका उपाध्यक्ष नेत्र शाहिले कमीकमजोरी सच्याउदै जुम्लाको विकासका लागि पत्रकारहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए । क्रियाशिल पत्रकार मंचले गर्ने रहेक गतिविधिमा सहयात्रीको रुपमा महासंघले सहयोग समथृन गर्ने उनको भनाई छ । 

प्रेश सेन्टरका केन्द्रिय सदस्य नरेश भण्डारीले क्रियाशिल पत्रकार मंच जुम्लाको विसंगीलाई पर्दाफास गर्ने माध्यमको रुपमा काम गर्न शुभकामना दिए । भने रेडियो कर्णालीका स्टेशन म्यानजर गोर्ख बहादुर थापाले पत्रकारितालाई व्यवसायीकता बनाउन व्यक्ति सक्षम हुन आबश्यक रहेको बताए ।

कार्यक्रमको समापनमा बोल्दै क्रियाशिल पत्रकार मंचका केन्द्रिय सदस्य गोविन्द देवकोटाले ६ नम्बर प्रदेशको समृदी र विकासका लागि पत्रकारहरुको कलम विना सम्भव नरहेको बताए । 

प्रदेश नं. ६ का सबै जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य अनुसार जूम्लामा गठन गरिएको भन्दै जुम्लाको विकासमा क्रियाशिल पत्रकार मंचले महत्वपुर्ण भुमिका निभाउने बताए । कार्यक्रममा जिल्ला स्थित छापा तथा विद्युतिय संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको निर्वाचित सदस्य शुभाकर विश्वकर्माले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी