२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रोजगारीमा गएकाहरुले के गर्ने के नगर्ने ? (अत्यावश्यक जानकारी)

८ मंसिर २०७४, शुक्रबार १५:००

टिप्स । आफू जाने देशको बारेमा जानकारी नहुँदा धेरै नेपाली विभिन्न देशमा अलपत्र परेका छन् । कमाएर परिवारको आर्थिक अवस्था सुधार्न विदेशिएका नेपालीले परदेशमा सास्ति खेप्नु परेको छ । कतारको रोजगारीमा रहेका नेपालीले यी कुरा बिचार गरे त्यस्ता समस्याबाट जोगिन सकिन्छ । 

गर्नु पर्ने 

– दिएको जिम्बवारी लगनसिल, मेहनेत एवम् इमान्दारिताकासाथ पुरा गर्नुहोस् । 

– कतारी नियम कानुनको सदैब पालना गर्नुहोस् । 


– राहदानी तथा आवासीय अनुमतिपत्रको म्याद सकिनु पहिलेनै नयाँ राहदानी र आवासीय अनुमति पत्र लिनुहोस् । 

– अरविक र अंग्रेजि भाषाको राम्रो जानकारी राख्नुहोस् । 

– आफ्नो राहदानी, आवासीय अनुमतिपत्र, कतारी परिचय पत्र , बैंक कार्ड आदिको एक एक प्रति फोटोकपी गरेर सुरक्षित राख्नुहोला, बिनाकारण त्यस्ता कागजात कसैलाई नदिनु होला ।

– तलब नपाएमा वा परिचय पत्र नलगाइदिएमा वा नबिकरण नगरिदिएको खण्डमा एवम् काम र तलब फरक परेको लागयत आदि समस्या आइ परेमा नम्रता   र सिष्टता पुर्बक आफु भन्दा माथि आफ्नो सुपरभाइजर समक्ष आफ्नो समस्या राख्ने, त्यसपछि पनि समस्या समाधान नभएको खण्डमा नेपाली दुताबास र कतार सरकारका सम्बन्धित निकयमा शिग्र सम्पर्क गर्नुहोस् । 

–    आफू कार्यरत कम्पनी, संस्था वा घरमालिक अरु कसैले करारपत्र लागयत कुनैपनि कागजातमा सहि गर्न भनेमा राम्रो सँग पढेर मात्र सहि गर्नुहोस् । 

–    बाटो काट्दा ट्राफिक नियम पालना गर्नुहोस् र हतार नगरि जेब्रा क्रसिंग बाट मात्र बाटो काट्नुहोस् । 

–    अन्य बक्तिहरुसँग लेनदेन (आर्थिक कारोबार) गर्दा अनिवार्य रुपमा भर्पाइ लिई प्रमाणका लागि सुरक्षित राख्नुहोस् । 

–    उपुयुक्त खानपिन, पहिरन, आफ्नो स्वास्थ्य तथा सुरक्षा जस्ता बिषयमा ध्यान दिनुहोस् साथै प्रर्याप्त पानि वा झोल पदार्थ पिउनुहोस् । 

–    नेपालमा रहेका आफन्तसँग सम्पर्कमा रही आफ्नो अवस्थाका बारेमा नियमित वा दैनिक जानकारी गर्ने गराउने काम गर्नुहोस् । 

–    आफूले आर्जन गरेको रकम समुचित सदुपयोगका लागि बैधानिक बाटो मार्फत नेपाल पठाउनुहोस् । 

गर्न नहुने कार्यहरु 

–    कतारको कानुन, धर्म परम्परा र सस्कृति बिपरित कुनैपनि कार्यहरु नगर्नुहोला । 

–    लागुपदार्थ तथा प्रतिबन्धित औषधिहरुको ओसार पसार सेवन तथा बेचबिखन नगर्नुहोस् । 


–    कुनैपनि प्रकारका हातहतियार लिएर नहिड्नुहोला । 

–    कम्पनीको स्वीकृतिबिना काम कार्यस्थल र बासस्थान नछाड्नुहोला । 

– आर्थिक प्रलोभनमा परेर कार्यरत कम्पनीबाट नभाग्नु होला, असम्बन्धित कार्यस्थलमा गैरकानुनी रुपमा काम नगर्नुहोस्, साथै अन्य नेपालीहरुलाई यस्ता कार्यहरु गर्न पे्ररित नगर्नुहोला । 

–    कुनैपनि बहानामा कसैको उक्साहटमा कुनै पनि हालतमा काम बन्द तथा हड्ताल नगर्नु होस् । 

–    नेपाली नागरिक तथा विदेशीहरुसँग अनावश्यक जमघट, छलफल, विवाद झगडा होहल्ला  कुटपिट आदि जस्ता कार्यहरु नगर्नुहोस् । 

–    सुरक्षित र भरपर्दो नभएसम्म कसैसँग पनि रकम लेन देन नगर्नुहोस् । 

–    ठगी चोरी तथा महिला माथि दुरव्यवहार जस्ता नैतिक आचरण बिपरित कुनै पनि कार्यहरु नगर्नुहोस् । 

–    मदिरा सेबन गरि, सवारी चालक अनुमति पत्र बिना तथा सवारीको रोड पर्मिट बिना सवारी साधन नचलाउनुहोस् । 

–    मदिरा उत्पादन, सेवन तथा बेचविखनका काम नगर्नुहोस् । 

–    अन्य व्यक्तिका सिभिल आइडी बैंक कार्ड फेला परेमा दूरुपयोग नगर्नुहोस् । 

–    रम्जानको समयमा निषेधित समयमा खानेकुरा खुल्ला रुपमा नखानुहोस् ।  

–    अत्याधिक काम गरेपश्चात धेरै चिसो नखानुस् र बढी चिसोमा नबस्नुहोस् । 

–    गैरकानुनी रुपमा महिला एवम् पुरुषसँग सँगै बसोबास नगर्नुहोस् । 

–    फेसबूक, ट्वीटर, युटुब आदिजस्ता सामाजिक तथा विधुतिय संचार माध्यमहरुको दुरुपयोग नगर्नुहोस् । 

–    नेपाल र कतारबीचको सम्बन्धमा आँच आउने वा प्रतिकुल असर पर्ने कुनैपनि गतिबधि नगर्नुहोस् ।      

यसो गरेमा तपाईंको कतार बसाई सुखद हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा