सास । मंसिर १३, बर्दिया । 

लैङ्गिक हिंसाको १६ दिने अभियान चलिरहँदा यस सम्बन्धि विभिन्न कार्यक्रम तथा सचेतनाहरु सञ्चालन गरिएको छ । यसैबीच गुलरियाको वडा नं. १ मा मंगलबार सञ्चालित एक कार्यक्रममा सहभागी महिला श्रमिकहरुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १३, बर्दिया । 

लैङ्गिक हिंसाको १६ दिने अभियान चलिरहँदा यस सम्बन्धि विभिन्न कार्यक्रम तथा सचेतनाहरु सञ्चालन गरिएको छ । यसैबीच गुलरियाको वडा नं. १ मा मंगलबार सञ्चालित एक कार्यक्रममा सहभागी महिला श्रमिकहरुल"/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

महिलालाई सहयोगी कामदारका रुपमा राखिएकोमा आपत्ति

१३ मंसिर २०७४, बुधबार ०४:०६

सास । मंसिर १३, बर्दिया । 

लैङ्गिक हिंसाको १६ दिने अभियान चलिरहँदा यस सम्बन्धि विभिन्न कार्यक्रम तथा सचेतनाहरु सञ्चालन गरिएको छ । यसैबीच गुलरियाको वडा नं. १ मा मंगलबार सञ्चालित एक कार्यक्रममा सहभागी महिला श्रमिकहरुले महिलाहरुलाई सहयोगी कामदारका रुपमा राखिएकोमा आपत्ति जनाएका छन् । 


नगरपालिकाको वडा नं. १ को सिमान टोलमा ईटाभट्टामा काम गर्ने श्रमिक महिलाहरुका समस्या र उनीहरुले भोग्नुपरेका यौनजन्य हिंसाहरुको विषयमा समेत आयोजित अन्र्तक्रियामा सहभागी महिलाहरुले यस्तो कुरा बताएका हुन्  । 

अन्र्तक्रयामा काम गर्ने समय अनिश्चित रहेको, महिलाहरुलाई न्यून पारिश्रमिकमा काम लगाइएको, अतिरिक्त काम गरेवापतको थप पारिश्रमिक नदिने गरिएको, श्रमिकहरुको वीमा नगरिएको गुनासो गरेका थिए । उक्त क्षेत्रमा हाल ३ ओटा भट्टाहरु सञ्चालनमा रहेकोमा सबैमा महिला श्रमिकहरु सहयोगी कामदारको रुपमा मात्रै रहेका ओरेक नेपाल बर्दियाकी जिल्ला संयोजक विपना योगीले जानकारी गराउनुभएको छ । 

विपना योगी र शर्मिला निरौलाले सहजीकरण गर्नुभएको कार्यक्रम वडा नं. १ का अध्यक्ष प्रताप कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । 

यसैबीच ओरेक नेपाल बर्दियाको आयोजना र प्लान इन्टरनेशनलको साझेदारीमा बालिका पैरवी संजाल परियोजना अन्तर्गत जिल्लाको बढैयाताल गाउँपालिका अन्तर्गत शारदा माध्यमिक विद्यालयमा स्थानीय धामिर्कक अगुवा तथा सामाजिक अभियान्ताहरु लगायत २८ जनाको सहभागितामा एक दिने अन्र्तक्रिया कार्यक्रम समेत मंगलबार गरिएको छ । 


गाउँपालिकाकी अध्यक्ष दीपा गौतमको अध्यक्षतामा सञ्चालित कार्यक्रममा यस प्रकारका कार्यक्रमहरुमा स्थानीय तहका शिक्षक, स्वयंसेविका, समाजसेवी, वुद्धिजिवीहरु लगायत अन्य सरोकारवालाहरुलाई पनि सहभागी बनाउनुपर्ने करा बताउनुभयो । समाजमा हुने हानिकारक अभ्यासहरुको विरुद्धमा अधिकारकर्मी तथा प्रतिनिधीहरु भन्दा पनि यसरी सामजिक तथा धार्मिक अभियान्ताहरुलाई सहभागी गराउँदा अझ प्रभावकारी हुने र यस प्रकारका अभ्यासहरुलाई समाजबाट उन्मुलन गर्न सहयोग पुग्ने कुरा उपध्यक्ष दीपा गौतमले बताउनुभयो । 

कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत सपना शर्मा र महिला अभियान्ता हिरा रसाइलीले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण