१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

एनआरएनए साउदीद्वारा अनुदान इ-लाइब्रेरी भवनको उद्घाटन सम्पन्न

१३ मंसिर २०७४, बुधबार १२:०३

मङ्सिर १३, रोल्पा । सिद्दार्थ मावि घोप्टेओढारमा नमुना बिद्यालय अभियान थालनी भए लगतै भौतिक निर्माणको पहिलो दाताको रुपमा पाएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयपरिषद साउदीद्वारा अनुदान गरिएको दुईकोठे ई-लाइब्रेरी भवन उद्घाटन भएको छ । 


मंसिर १२ गते मंगलबार भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एनआरएनए एनसीसी साउदी अरबका अध्यक्ष नारायण पासवान रहनु भएको थियो भने विशिष्ट अतिथिमा एनआरएनए एनसीसी साउदी अरबका बरिष्ठ उपाध्यक्ष डम्मर यादव रहनु भएको थियो ।


प्रमुख अतिथि र विशिष्ट अतिथिबाट ब्यानर उद्घाटन संगै रिवन काटेर दुई कोठे इ-लाइब्रेरी भवन उद्घाटन गर्ने कार्य भएको थियो साथै एनआरएनए साउदी द्वारा प्रदान गरिने १० वटा कम्प्युटरको कम्प्युटर कक्ष अनुगमन गर्नु भएको थियो।

प्रमुख अतिथि नारायण पासवानले आफ्नो मन्तव्य द्वारा शैक्षिक अभियानमा जुटेको अभियन्ताहरु र स्थानीय बासिलाई कृतज्ञता प्रकटगर्दै धन्यवाद व्यक्त गर्दै उक्त अभियानमा जोडिएर सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्नु भएको थियो । 

एनआरएनए एनसीसी साउदी द्वारा १० वटा कम्प्युटरका लागि फर्निचर (४ वटा लामा टेवल र १० वटा कुर्सि) बिद्यालयलाई प्रदान गरिएको थियो र थप १० वटा कम्प्युटर निकट भबिस्यमा बिद्यालयलाई उपलब्ध गराउने घोषणा गर्नु भएको थियो । अध्यक्ष पासवानले इ-लाइब्रेरी पनि प्रदान गर्ने बचनबद्धता दिनु भएको थियो ।


यसैगरि विशिष्ट अतिथि डम्मर यादबले मन्तब्यको क्रममा सम्बोधन गर्दै ‘आगामी दिनहरुमा पनि शैक्षिक अभियानलाई सहयोगका लागि हातेमालो गरिरहने आश्वासन दिनु भएको थियो भने स्थानीयबासि तथा अभियन्ताहरुलाई शैक्षिक अभियानका लागि आभार समेत व्यक्त गर्नु भएको थियो । 


नमुना विद्यालय अभियान संयोजक प्रेम बहादुर वलीले अतिथि लगाएत कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्य द्वारा स्वागत गर्दै अभियान बारे प्रस्ट्याउनु भएको थियो । स्थानीयबासि र आमा समुह द्वारा अतिथिहरुलाई बाजागाजा सहित स्वागत गरेका थिए भने कार्यक्रमको बिचमा स्थानीय झाँकी प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सभापति बिब्यस अध्यक्ष तिलक राम वली रहनु भएको थियो भने कार्यक्रमको संचालन प्रधानाध्यापक गोर्ख बहादुर वलीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण