2026-09-15 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पुस ११ र १२ गते दाङमा दुव्र्यशनी विरुद्ध नाटक देखाईने

शंकर केसी/मङ्सिर १४, सल्यान । लागुऔषध प्रयोगका कारण ठूलाठूला घटना हुने भन्दै यसलाई नियन्त्रण गर्न दाङमा सडक नाटक मार्फत सचेतना फैलाइने भएको छ । आगामी पुसको ११ र १२ गते दाङ शान्तिनगरका विभिन्न स्थानमा नाटक प्रदर्शन गरिने भएको हो ।

शान्तिनगर गाउँपालिकाको सहयोगमा विष्णुदेवी फाउण्डेशनले लागुऔषध दुव्र्यशनीविरुद्ध सचेतनामुलक नाटक प्रदर्शन गर्न लागेको फाउण्डेशनका कार्यक्रम संयोजक निराश पाण्डेले बताएका छन् ।

उनका अनुसार सचेतनामुलक विभिव सांसकृतीक प्रस्तुतीको साथमा शान्तिनगरको ४ स्थानमा सडक नाटक प्रदर्शन गरिने छ । पुस ११ गते शिवशक्ति मावि धनौरा र निमावि सुनडबरि तथा १२ गते जनकल्याण उमावि थारमारे र शानितनगर गाउँपालिकाको कार्यालय चिराघाटमा ख्यातीप्राप्त कलाकारहरुले नाटक प्रदर्शन गर्नुका साथै चेतनामुलक सांगीतीक प्रस्तुती राख्ने पाण्डेले जानकारि दिए ।

लागुऔषध प्रयोग गर्नेमध्ये धरैजसो व्यक्ति स्वास्थ्यसम्बन्धी समस्याबाट ग्रसित हुने र यसले घर, परिवार, गाउँसमाज देखि समग्र देशलाइ नै ठूलो क्षती पुर्याउने भएकाले लागूऔषध उत्पादन, सेवन, ओसारपसारमा कमी ल्याउने उद्देश्यले नाटक प्रदर्शन गर्न लागीएको विष्णुदेवी फाउण्डेशनल बताएको छ ।

लागू पदार्थको बर्तमान स्थितिलाई हेर्ने हो भने विशेष गरेर १४ देखि २४ बर्षको उमेर समुह नै लागू पदार्थको दलदलमा फसेको देखिन्छ । एक सिमित बर्ग र समुदायका मानिस नभईकन बिभिन्न समुदाय बर्गका मानिस लागू पदार्थमा फसेको पाइएको छ ।

युवाहरुलाइ दुव्र्यशनीमा फस्न नदिन बिद्यालय स्तरबाटै बिभिन्न समस्या सामना गर्न सक्ने सिप जस्तै तनाव, चिन्ता, समस्या, निर्णय लिने सिप, जस्ता बिभिन्न जिवन उपयोगी सिपहरु पनि वालवालिकालाइ दिनतर्फ ध्यान लगाउने शान्तिनगर गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ