2026-09-03 09:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जाने कामदारले म्यानपावरलाई बैँकमार्फत भुक्तानी गर्नुपर्ने !

मनोज पराजुली | मङ्सिर १४, काठमाडौँ | श्रम तथा रोजगार मन्त्रालयले विदेश जाने कामदारले म्यानपावरलाई बैँकमार्फत भुक्तानी गराउने तयारी गरेको जनाएको छ । त्यस्तै बैदेशिक रोजगारीमा जाने तथा गएर फर्किएकाहरुको डिजिटल रेकर्ड राख्ने तयारी पनि अन्तिम चरणमा पुगेको जनाएको छ । 

मन्त्रालयले बिदेश रहेकाहरुको एकिन डाटा लिनका लागि अनलाइन मार्फत रेकर्ड राख्ने तयारी गरेको हो । श्रम स्वीकृति लिएर विदेश जाने तथा फर्किनेहरुको वास्तविक तथ्याङ्क नभएकाले अनलाइन मार्फत डाटा संकलन गर्ने तयारी गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।  

श्रम तथा रोजगार मन्त्रालयलको डाटालाई अध्यागमन कार्यलयसँग जोड्ने कार्य गृह मन्त्रालयको सहमति प्रश्चात लागू गरिने श्रम तथा रोजगार मन्त्रालय लक्ष्मणप्रसाद मैनालीले जानकारी दिनुभयो । उहाँले श्रम स्वीकृति लिएर स्वदेशमै बसी अपराधिक क्रियाकलापमा लाग्ने प्रवृति रोक्नको लागि पनि डाटा संकलनले सहयोग पुग्ने बताउनुभयो । 

यसैवीच श्रम तथा रोजगार मन्त्रालयले बैदेशिक रोजगारीका समस्या समाधान गर्नका लागि नीतिगत तथा प्राविधिक सुधार गदै लगिने जनाएको छ । 

त्यस्तै मन्त्रालयले बैदेशिक रोजगारमा ठगिका घटना नरोकिएकाले म्यानपावर व्यवसायीहरुको धरौटी रकम वृद्धिगरी १ करोड पुर्याउन लागिएको जनाएको छ । एजेन्टहरुको व्यवस्थापनको लागि सम्बन्धित  जिल्ल्ला प्रशासन कार्यलयलाई अधिकार दिएर नियमन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ