2026-09-24 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार रवि लामिछानेको टिम किन जाँदैछ युएई ?

मङ्सिर १५, काठमाडौं । ख्यातिप्राप्त टेलिभिजन सो ‘सिधा कुरा जनतासँग’ को पुरै टिम युएई जाने भएको छ | पछिल्लो इपिसोडमा दलाहरुलाई दलालनै भन्नुपर्ने भन्दै आक्रोश पोखेका रविले अदालतमै दलालको बिगबिगी रहेको भन्दै  नेपालकै कानुनीराज माथि प्रश्नवाचक चिन्ह खडा गरिदिएका छन् | 

लामीछानेले अदालतका वरपर कालो कोट लगाएका र कालो मन भएकाहरुले न्याधिसकै अगाडी करोडौंको डिल गर्ने गरेको खुलाशा पनि गरे | 

यसैबीच सिधा कुरा जनतासँगको टिम आज युएई जाने जनाएको छ | अघिल्लो कार्यक्रममा उठाएको बिषयलाई फलोअप गर्न सिधा कुरा जनतासँगको टिम युएई जाने भएको हो |

युएईमा बलात्कृत भएकी गोरखा आरुघाट २ कि अष्टमी गुरुङ्गलाई न्याय दिन भन्दै टेलिभिजन टिमले युएईबाट नेपालको लागि राजदुतलाई समेत भेटेर परामर्श गरेको छ | परामर्श पछी राजदुतले समेत घटनामा चासो देखाएका छन् | यस्तै यस घटनामा टेलिभिजन टिमलाई सहयोग गर्न युएईबाट एनआरएन अध्यक्ष रमेश श्रेष्टको समेत सहयोग रहेको रवि लामिछानेले जनाएका छन् | 

युएईमा नेपाली चेली अष्टमीलाई साइमन काजी नाम गरेका व्यक्तिले बलात्कार पछी हत्या गरेको आशंका गरिएको छ | बलात्कारको शिकार भएपछि गुरुङले आत्महत्या गरेको भन्ने भिडियो सार्वजनिक भएको थियो । अष्टमीको भिडियो अनुसार उक्त कम्पनीमा कार्यरत आरोपी सुपरभाइजारहरूलाई युएईबाट बाहिर जान नसक्ने अवस्था बनाउन स्थानीय प्रशासनको सहयोगमा कम्पनीमा खबर गरिएको छ | 

नोभेम्बर ४ का दिन आत्महत्या गरेकी गुरुङको शव १४ दिनपछि नेपाल ल्याई अन्तिम संस्कार गरिसकिएको छ । तर, उनले प्रयोग गर्ने मोवाइमा उनका भाइले भिडियो भेटेपछि उक्त भिडियो न्युज-२४ मा प्रसारण भएको थियो ।

हेर्नुहोस् यस बिषयमा संचालित कार्यक्रम ‘सिधा कुरा जनतासँग’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी