२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुरामा आठ वर्षसम्म पनि स्वास्थ्य चौकी भवन बनेन

१५ मंसिर २०७४, शुक्रबार ०३:५३

मङ्सिर १५, बाजुरा । बाजुराको छेडेदह गाउँपालिका–१ मा रहेको काँडा स्वास्थ्य चौकीका भवन निर्माणको सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि भवन निर्माण कार्य पुरा नहँुदा बिरामीको उपचारमा समस्या भएको छ । 

समयमै स्वास्थ्य चौकी निर्माण नभएपछि उपचार गर्ने र सामानहरु राख्ने ठाउँको अभाव भएको छ । विसं २०६८ मा निर्माण शुरु गरिएको भवन छ वर्ष लागिसक्दा पनि सम्पन्न नभएको उक्त स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादवले बताउनुभएको छ । 

दीपायलस्थित भवन तथा सहकारी डिभिजिन कार्यालयको आर्थिक सहयोगमा रू एक करोडभन्दा बढी लगानीमा स्वास्थ्य चौकी निर्माणका लागि सम्झौता गरिएको थियो । डडेल्धुरा जिल्लाको प्रसुराम नगरपालिका प्रमुखमा निर्वाचित भीमबहादुर साउँदको नाममा रहेको राजेन्द्र निर्माण सेवाले निर्माणको जिम्मा लिएको तर समयमै भवन निर्माण नगर्दा बिरामीको उपचार सेवा र सुत्केरीलाई खुला चौरमा प्रसूति सेवा दिनुपर्ने बाध्यता रहेको अहेव यादवले बताउनुभयो । 

भवन निर्माण गर्ने मजदुरले ज्याला पनि पाएको छैन, ठेकेदार पनि सम्पर्कमा नआएपछि स्वास्थ्य व्यवस्थापन समितिले यसबारे पटक पटक सम्बन्धित निकायमा खबर गर्दा पनि कसैले वास्ता नगरेको छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले राससलाई जानकारी दिनुभयो । 

यस्तै सोही गाउँपालिकाको डोगडी स्वास्थ्य चौकी भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवाले एक करोड १५ लाखको लागतमा १५ महिनासम्म भवन निर्माण गरिसक्ने सम्झौता गरेकामा चासो नदेखाएपछि पत्रपत्रिकामार्फत ठेकेदारका नाममा सूचनासमेत निकालेको दिपायल क्षेत्रीय स्वास्थय निर्देशनालयको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य