Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

दाङबाट सल्यान हुँदै रोल्पाको लोद्चौर पुग्यो जलजलाको गाडी, स्थानीय खुसी

२०७४, १५ मंसिर शुक्रबार ०७:१४

मंसिर १५, रोल्पा । दाङ तुलसीपुरबाट सल्यान हुँदै रोल्पाको लोद्चौरमा पहिलोपटक जलजला यातायात प्रालिको गाडी पुगेको छ ।

सुकिदह गाउँपालीका वडा नम्बर ५ लोद्चौरमा बिहीबार पहिलो पटक यात्रुसहितको बस पुग्दा स्थानीयहरु खुसी भएका छन् । पहिलोपटक बस पुगेपछि स्थानियहरुले गाडी तथा अथितीहरुलाई भब्यतवरले स्वागत गरेका छन् । 

गाडी उद्घाटन कार्यक्रममा सुकीदह गाउँपालिका अध्यक्ष बिरबहादुर खत्री, उपप्रमुख रिता घर्ती, ५ नं वडा अध्यक्ष मानबहादुर डाँगी, २ नं. वडा अध्यक्ष भुपाल परियार, नेकपा एमालेका प्रतिनिधि रामकुमार शर्मा लगायतको उपस्तीथि रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खत्रीले सबै बिकासका पुर्वाधारका लागि यातायात महत्वपुर्ण रहेको भन्दै अब सुकीदहमा पनि यातायात क्षेत्रको निकास खुलेको बताएका छन् । विगतका दिनमा प्रयास गरेकाले यस पटक बस उदघाटन गर्न पाएकोमा आफुलाई खुशी महसुस भएको बताएका थिए ।


वडा नं ५ का वडा अध्यक्ष मानबहादुर डाँगीको अध्यक्षतामा भएको बस उदघाटन कार्यक्रममाको संचालन डम्मर बहादुर पुनले गरेको अशोक ओली परिवर्तनले जानकारी दिएका छन् ।

यता दाङ तुलसीपुरबाट सल्यान बागचौरको पातिहाल्न हुदै गाडि संचालन हुने भएकाले सल्यान कोटमौलाका स्थानीयहरु पनि खुसि भएका छन् । बागचौरको पातिहाल्नमा रोल्पा र सल्यानलाई केन्द्र बनाएर दैनिक एउटा गाडीमात्रै गाडी संचालन हुदाँ यात्रुहरु कोचिएर यात्रा गर्ना बाध्य हुन्थ्य । 

अब लोद्चौरमा गाडी संचालन हुदाँ साविकको सल्यान दमाचौर र कोटमौलाका बासिन्दाहरुलाई पनि सहज हुने त्यहाँका स्थानीयहरु बताउछन् । गाडी दैनिक संचालन हुने जलजला यातायात प्रालिले जानाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ