सास । मंसिर १५, बर्दिया ।

३०औं अन्तर्राष्ट्रिय एड्स दिवसको अवसर पारेर आयोजित वकृत्वकला प्रतियोगितामा किशोर किशोरीहरुले खुलेर एचआइभी एड्का सम्बन्धमा आफ्नो बिचारहरु ब्यक्त गरेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १५, बर्दिया ।

३०औं अन्तर्राष्ट्रिय एड्स दिवसको अवसर पारेर आयोजित वकृत्वकला प्रतियोगितामा किशोर किशोरीहरुले खुलेर एचआइभी एड्का सम्बन्धमा आफ्नो बिचारहरु ब्यक्त गरेका छन् । 

2026-07-26 03:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

एड्सबारे कीशोरकिशोेरीहरु खुलेपछि

सास । मंसिर १५, बर्दिया ।

३०औं अन्तर्राष्ट्रिय एड्स दिवसको अवसर पारेर आयोजित वकृत्वकला प्रतियोगितामा किशोर किशोरीहरुले खुलेर एचआइभी एड्का सम्बन्धमा आफ्नो बिचारहरु ब्यक्त गरेका छन् । 


भेरी कलेज अफ मेडिकल साइन्सले गुलरियामा आज आयोजना गरेको आन्तरिक वक्तृत्वकला प्रतियोगितामा एक दर्जन प्रतियोगिहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागी प्रतियोगी विद्यार्थीहरुले एचआइभी तथा एड्सको इतिहास, वर्तमान अवस्था र नेपालमा यसको शुरुवात तथा हाल यसप्रति सोच्ने मानिसमा आएको धारणाका बारेमा जानकारी राखेका थिए । 

प्रतियोगितामा सुविधा शर्मा सान्त्वना, सुनिता घर्ती मगर तृतीय, विशाखा के.सी. द्वितीय र मोनिका बस्नेत प्रथम भएका थिए । भने पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र सभाध्यक्षबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 


कार्यक्रमका विशेष अतिथि तथा बर्दिया मेडिकल इस्टिच्युटका अध्यक्ष पञ्चलाल नापितले यसरी विभिन्न अवसर पारेर आयोजना गरिएका कार्यक्रमहरुले विद्यार्थीहरुमा आफ्नो पाठ्यक्रमका विषयवस्तुहरुलाई निखार्ने अवसर प्राप्त हुनुका साथै व्यक्तित्व विकासको सम्भावनालाई पनि उजागर गर्ने कुरा बताउनुभयो । 

यसैगरी प्रमुख अतिथिका रुपमा रहनुभएका जनस्वास्थय अधिकृत सुनिल पाण्डेले कलेजले विश्व एड्स दिवस पारेर यस प्रकारको कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो । साथै वहाँले स्वास्थ्यकर्मीहरु नै यस मामलामा निकै चनाखो तथा सावधानी भएर काम गर्नुपर्ने र सानो लापारवाहीका कारणले गर्दा पनि व्यक्तिमा कुनै पनि संक्रमण हुन सक्ने कुरामा सचेत गराउनुभयो ।

 

कार्यक्रमका सभाध्यक्ष रहनुभएका भेरी कलेज अफ मेडिकल साइन्सका प्रवन्ध निर्देशक सुधाकर मिश्रले यौनका बारेमा र यसको सुरक्षित व्यवहार अपनाउन सकेमा एचआइभी संक्रमणबाट सुरक्षित रहन सकिने कुरा बताउनुहुँदै कलेजमा अध्ययनरत विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लगि समय समयमा विभिन्न ज्ञानमूलक तथा विद्यार्थीहरुको क्षमता विकासका लगि शैक्षिक तथा वौद्धिक प्रकृतिका कार्यक्रमहरु सञ्चाल गरिँदै आएको बताउनुभयो । 


प्रतियाेगितामा निर्णायकका रुपमा प्रिन्सिपल गंगा पौडेल तथा प्रशिक्षकहरु किरण खनाल र लक्ष्मी काफ्ले रहनुभएको थियो भने कार्यक्रम प्रशिक्षक रञ्जिता ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल