सास । मंसिर १५, बर्दिया ।

३०औं अन्तर्राष्ट्रिय एड्स दिवसको अवसर पारेर आयोजित वकृत्वकला प्रतियोगितामा किशोर किशोरीहरुले खुलेर एचआइभी एड्का सम्बन्धमा आफ्नो बिचारहरु ब्यक्त गरेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १५, बर्दिया ।

३०औं अन्तर्राष्ट्रिय एड्स दिवसको अवसर पारेर आयोजित वकृत्वकला प्रतियोगितामा किशोर किशोरीहरुले खुलेर एचआइभी एड्का सम्बन्धमा आफ्नो बिचारहरु ब्यक्त गरेका छन् । 

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

एड्सबारे कीशोरकिशोेरीहरु खुलेपछि

१५ मंसिर २०७४, शुक्रबार १२:०१

सास । मंसिर १५, बर्दिया ।

३०औं अन्तर्राष्ट्रिय एड्स दिवसको अवसर पारेर आयोजित वकृत्वकला प्रतियोगितामा किशोर किशोरीहरुले खुलेर एचआइभी एड्का सम्बन्धमा आफ्नो बिचारहरु ब्यक्त गरेका छन् । 


भेरी कलेज अफ मेडिकल साइन्सले गुलरियामा आज आयोजना गरेको आन्तरिक वक्तृत्वकला प्रतियोगितामा एक दर्जन प्रतियोगिहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागी प्रतियोगी विद्यार्थीहरुले एचआइभी तथा एड्सको इतिहास, वर्तमान अवस्था र नेपालमा यसको शुरुवात तथा हाल यसप्रति सोच्ने मानिसमा आएको धारणाका बारेमा जानकारी राखेका थिए । 

प्रतियोगितामा सुविधा शर्मा सान्त्वना, सुनिता घर्ती मगर तृतीय, विशाखा के.सी. द्वितीय र मोनिका बस्नेत प्रथम भएका थिए । भने पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र सभाध्यक्षबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 


कार्यक्रमका विशेष अतिथि तथा बर्दिया मेडिकल इस्टिच्युटका अध्यक्ष पञ्चलाल नापितले यसरी विभिन्न अवसर पारेर आयोजना गरिएका कार्यक्रमहरुले विद्यार्थीहरुमा आफ्नो पाठ्यक्रमका विषयवस्तुहरुलाई निखार्ने अवसर प्राप्त हुनुका साथै व्यक्तित्व विकासको सम्भावनालाई पनि उजागर गर्ने कुरा बताउनुभयो । 

यसैगरी प्रमुख अतिथिका रुपमा रहनुभएका जनस्वास्थय अधिकृत सुनिल पाण्डेले कलेजले विश्व एड्स दिवस पारेर यस प्रकारको कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो । साथै वहाँले स्वास्थ्यकर्मीहरु नै यस मामलामा निकै चनाखो तथा सावधानी भएर काम गर्नुपर्ने र सानो लापारवाहीका कारणले गर्दा पनि व्यक्तिमा कुनै पनि संक्रमण हुन सक्ने कुरामा सचेत गराउनुभयो ।

 

कार्यक्रमका सभाध्यक्ष रहनुभएका भेरी कलेज अफ मेडिकल साइन्सका प्रवन्ध निर्देशक सुधाकर मिश्रले यौनका बारेमा र यसको सुरक्षित व्यवहार अपनाउन सकेमा एचआइभी संक्रमणबाट सुरक्षित रहन सकिने कुरा बताउनुहुँदै कलेजमा अध्ययनरत विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लगि समय समयमा विभिन्न ज्ञानमूलक तथा विद्यार्थीहरुको क्षमता विकासका लगि शैक्षिक तथा वौद्धिक प्रकृतिका कार्यक्रमहरु सञ्चाल गरिँदै आएको बताउनुभयो । 


प्रतियाेगितामा निर्णायकका रुपमा प्रिन्सिपल गंगा पौडेल तथा प्रशिक्षकहरु किरण खनाल र लक्ष्मी काफ्ले रहनुभएको थियो भने कार्यक्रम प्रशिक्षक रञ्जिता ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य