2026-09-24 02:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा ५५०० जनालाई रोजगारीको अवसर , भिषा/टिकट सबै निशुल्क !

मङ्सिर १६, काठमाडौँ | लामो समय यता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ । 

‘अर्न, लर्न एन्ड रिटर्न’ स्किमअन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्ने छ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् ।

यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासँग जुध्न मद्दत पुग्ने अधिकारीको भनाइ छ । उनीहरुले यसबाछ विकासशील मुलुकका प्राविधिक जनशक्तिले पनि प्रशिक्षणको अवसर पाउने भएकाले दुवै पक्षका लागि लाभदायी हुने बताए ।

बेलायतमा हाल ४० हजार नर्सको पद खाली छन् । नेपालीको संलग्नता रहेको ‘रिक्रुट टु हेल्थ केयर’ कम्पनीले ग्लोबल लर्निङ प्रोग्राम अन्तर्गत बेलायतको स्वास्थ्य मन्त्रालयसँग उक्त संख्यामा नर्स भित्र्याउन सम्झौता गरिसकेको जनाएको छ । तीन वर्षभित्र ५५ सय नर्स बेलायत ल्याउनुपर्ने सम्झौता बेलायतकै इतिहासमा पहिलो बृहत् भएको कम्पनीको दाबी छ ।

अहिले २० वटा देशबाट नर्सले आवेदन दिइरहेको र ३ सय नर्स छानिइसकेको रिक्रुट टु हेल्थ केयरका निर्देशक बीपी खनालले जनाए । नेपालबाट समेत आवेदन दिन सकिने जनाउदै खनालले नर्सको आईएलटीएस तयारी

शुल्क, भिसा शुल्क, हवाई टिकटदेखि बेलायत आएपछि तीन महिनासम्म बस्ने व्यवस्था, तालिम तथा अध्ययन निःशुल्क हुने जनाए । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ