२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा नेपालीको खतरनाक अवस्था ! यौनरोगदेखि जेलसम्म…

२०७४, १७ मंसिर आईतवार ०८:५६

अर्जुन बराल | सौल (कोरिया) | डडेलधुराका रमेश महरा (नाम परिबर्र्तन) अबिबाहित हुँन् । उनि कोरिया आएको चार बर्ष भयो तर उनी छुट्टीमा एकपटक पनि नेपाल गएका छैनन् । कोरियाको बुछन सिटीको एक प्लाष्टिक कम्पनिमा काम गर्ने उनले मासिक नेपाली दुईलाख चालीस हजार सरदर कमाउँछन तर उनले कोरिया आएर धेरै पैसा यौन मस्तीमा उडाए । महिनामा कम्तिमा दुईपटक यौनबजारमा उनको बाँस हुन्थ्यो । उनी सोच्दथे रङ्ग-रमार्रईलो बिनाको के जीवन ? तर दुर्भाग्य आज उनी दश महिनादेखि यौन रोग सिफलिसको औषधी सेवन गरिरहेका छन् ।

दाङ्ग घर बताउँने मुरारी कोरिया आएको दुई बर्ष पुरा भयो । उनी जेजु प्रान्तको जेजु सिटीको एक कृषि फार्ममा काम गर्थे । उनको फर्ममा भियतनामी महिला चार र उनी एक्ला पूरुष थिए । काम गर्दै जाँदा एक भियतनामी महिलासँग उनि प्रेममा परे । दुर्ईहप्तामा एकपटक बिदा पार्ईने आईतबार लजमा बिताउँथे । यो प्रक्रिया छ महिना चल्यो । उनले यो अबधिमा एक रुपैयाँ पनि नेपाल पठाएनन् । उनी झुटो प्रेममा परेपछि उनै महिलाले आफु गर्भवती भएको बहानामा साठीलाख कोरियन वोन कुम्ल्याएर कुलेलम ठोकीन् । पछि बल्ल उनले ती महिला अबैधानिक भएको चाल पाए ।


भैरहवाका महतब आलम बुसानको मोटर पार्ट्स कम्पनिमा काम गर्छन् । उनको आम्दानीको अधिकाशं रकम उनी मसाज सहित यौन मामलामा खर्च गर्दछन् । उनी थप्छन् – हप्ताभरीको थकान मेटाउँने यहि माध्यम उपयुक्त भएको उनको मान्यता छ । तर उनलार्ई यसबाट भबिष्यमा आइपर्न सक्ने समस्याको बारेमा सोच्ने मौका छैन ।

पर्बतका हरि खत्री ख्यङ्गदोको ह्वासाङ्ग क्षेत्रमा काम गर्दथे । कोरिया आएको छ महिनामा कम्पनिले आयोजना गरेको बिशेष रात्रीपार्टीको कोरियन सँगै उपस्थिती भए- खाए, अनि रमाए । रात छिप्पिदै गयो मात बढदै गयो । रमार्ईलोको निम्ति भन्दै कोरियन केटीसँग हिमचिम बढाएर आपसी सहमतीमा यौनसम्बन्ध बनाए । तर तीन दिनमै ती महिलाले आफुलार्ई बलत्कार गरेको उजुरीका आधारमा गिरप्तार भई जेल पुगे । 

 दक्षिण कोरियाको बुसानसिटीको पानोरमा मसाज सेन्टरकी संचालीका ३१ बर्षिया कोरियन महिला जियुले आफना लगभग डेढदर्जन जती नेपाली युवक नियमित ग्राहक भएको र एकरातको दुर्ईलाख कोरियनवोन खर्च गर्ने गरेको बताउँछीन् । साथै यसैलार्ई आधार मान्ने हो भने पनि नेपाली युवाहरुले कोरियाको यौन बजारमा न्युनतम मासिक चारसय मिलियम कोरियन वोन खर्च गर्ने गरेको देखिन्छ । जुन अती नै खतरनाक अबस्था हो । साथै यिनै समस्याका कारण युवाहरु डिप्रेशनको शिकार बन्ने र आत्महत्या सम्म गर्न पछि नपर्ने कारणको रुपमा लिन सकिन्छ । sajhasabal.com

दक्षिण कोरियाको सेक्स बजार पूर्णरुपमा बैधानिक नभएतापनि सेक्स बजारको मासिक हिसाब-किताब बिलियनमा हुँने गरेको र त्यसका ग्राहक आधाभन्दा बढी बिदेशी हुँने गरेको स्वंयम् कोरियन बताउँने गर्दछन । बिशेष गरि कोरियामा अनुमानीत हजारभन्दा बढी मसाज सहित यौन अखडा छन् भने मुख्य यौन बजार सुवन र बियारी भन्ने ठाँउमा नेपाली युवाहरुको भिड हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो