2026-09-14 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा दर्जनौं लघुजलविद्युत् आयोजना अलपत्र

मंसिर १८, कालिकोट । कालिकोटमा निर्माणाधीन दर्जनौं लघुजलविद्युत् आयोजना अलपत्र परेका छन् । 

रकम अभावले आयोजना अलपत्र परेका हुन् । जिल्लाका उच्छव खोला, हाउडिगाड, बालीगाड, घट्टेगाड, थिर्पुगाड, मालकोट लघुजलविद्युत् आयोजना निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् ।

यसैगरी केही समय सञ्चालन भएर मर्मत संम्भारको अभावमा बन्द भएका लघु जलविद्युतमा घट्टेखोला, लाफागाउँ, औंलाखोला, बच्चुगाड, भर्तागाड, बालीगाड, नाग्मगाड छन् । सान्नीगाड र भ्याकुने लघुजलविद्युत् मात्रै सञ्चालनमा छन् ।

करिब २० मेगावाट विद्युत् उत्पादन हुने लघुजलविद्युत् आयोजनाहरू रकम अभाव, स्थानीयको विवाद र मर्मत संम्भारको अभावलगायतका कारणले अलपत्र भएका हुन् । अलपत्र परेकामा तिलागुफा नगरपालिका–१ फाइमहादेवको नाग्मगाडस्थित ५७ किलोवाट, नरहरीनाथ गाउँपालिका–७ माल्कोटको ३० किलोवाट क्षमताको उच्छव खोला आयोजना छन् ।

यसैगरी ३० किलोवाट क्षमताको तिलागुफा नगरापलिका –७ छाप्रेको वालिगाड खोला आयोजना, ३ किलोवाट क्षमता भएको तिलागुफा नगरपालिका –१० चिल्खायाको घट्टेखोला आयोजना चाहिँ विद्युत् उत्पादन भएर पनि समयमा मर्मत संम्भारको अभावमा बन्द भएका हुन् । यस्तै, ३० र ३० किलोवाट क्षमताको कालिका गाउँपालिकाको हाउडिगाड, नरहरीनाथ गाउँपालिकाको माल्कोट माइक्रो हाइड्रो र तिलागुफा नगरपालिकाको वालिगाड खोला लघुजलविद्युत् आयोजनालगायत दर्जनौ आयोजना रकम अभावले अलपत्र छन् ।

यस्तै, १८ किलोवाट क्षमताको घट्टेगाड, २० किलोवाट क्षमताको थिर्पुगाड र १५ किलोवाट क्षमताको साना माइक्रो हाइड्रो पनि रकम अभावले अलपत्र छन् ।यी लघुजलविद्युत् आयोजनाका काम अगाडि बढेको भए पनि रकम अभावले काम सुरु हुन नसकेको नेपाली कांग्रेसका उपसभापति शंकर न्यौपानेले बताए । ‘गाउँमा उज्यालो बनाउने सबैको चाहना थियो’ उनले भने,‘रकम अभावका कारणले सबै आयोजनाहरु अलपत्र परेका छन् ।’

दर्जनौं  लघुजलविद्युत् आयोजना भए पनि कयौं मर्मत सम्भार, निर्माणको लागि रकम अभावलगायतका कारणले बन्द भएको जिल्ला संमन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए । ‘विभिन्न कारणले निर्माण रोकिएका लघुजलविद्युत् बनाउन पहल गरिरहेका छ’ उनले भने,‘विद्युत आयोजना बाल्न सकिने ठाउँमा काम गर्न निर्देशन दिइएको छ ।’सदरमुकामलगायतका केही गाउँमा विद्युत् सेवा दिँदै आएका ५७० किलोवाट क्षमताका दुई लघुजलविद्युत् मात्रै सञ्चालनमा छन् । 

त्यस्तै, ७० किलोवाटको लाफागाउँ लघुजलविद्युत् आयोजना पचालझरना गाउँपालिका राप्नाकोट, ५० किलोवाट क्षमता भएको कालिका गाउँपालिकाको भर्तागाड लघुजलविद्युत् आयोजना भर्ता, १०० किलोवाट क्षमता भएको तिलागुफा नगरपालिकाको बच्चुगाड लघुजलविद्युत् आयोजना चिल्खाया, ७० किलोवाट क्षमता भएको पलाताँ गाउँपालिकाको औलाखोला लघुजलविद्युत आयोजना खिन, कालिका गाउँपालिकाको ५२ किलोवाट क्षमता भएको बालीगाड लघुजलविद्युत आयोजना सुकाटिया निर्माणको काम थालिएको भए पनि रकम अभावले निर्माण कार्य ढिलाइ भएको कर्णाली विकास आयोगका सदस्य कृष्णप्रसाद आचार्यले बताए । ‘कयौं आयोजनाको निर्माण कार्य थालिएको छ’ उनले भने, ‘रकम अभावले ती आयोजना बन्न सकेनन् । बाल्नका पहल थालिएको छ ।’

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने गरेको भएपनि केन्द्रले ३० देखि ४० प्रतिशत रकम अनुदानको रूपमा उपलब्ध गराए पनि आयोजना सम्पन्न गर्न कठिनाइ देखिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । 

‘स्थानीयको १० प्रतिशत जनश्रम र बाँकी ५० प्रतिशत नगद लगानी गर्नुपर्ने अव्यवहारिक नीतिका कारणले पनि जलविद्युत आयोजना अलपत्र पर्ने गरेका छन्’ उनले भने,‘लघुजलविद्युत् उत्पादन ऊर्जा मन्त्रालय मातहत नहुनुले पनि समस्या देखिन्छ ।’

एक किलोवाट विद्युत् उत्पादन गर्न स्थानीयले ६० प्रतिशत लगानी गर्नुपर्ने नीति नै लघुजलविद्युतको मुख्य चुनौती हो । उता नेपाल विद्युत् प्राधिकरण मातहतमा सामुदायिक विद्युतीकरणमा ९० प्रतिशत अनुदान र १० प्रतिशतमात्रै उपभोक्ताले लगानी गर्नुपर्ने नियम छ ।

प्राधिकरणबाट ९० प्रतिशत अनुदान पाइने तर लघुजलविद्युतका लागि चाहिँ ६० प्रतिशत उपभोक्ताले व्यहोर्नु पर्ने नियम व्यवहारिक नभएको कालिकोटका उर्जा क्षेत्रमा कार्यरत हुरन्डेक नेपालका उपाध्यक्ष वीरेन्द्रबहादुर बुढाले बताए ।

‘मर्मत सम्भार, कोष व्यवस्थापनका लागि पनि विद्युत् प्राधिकरणको नियममा भन्दा सामान्य विद्युत् खपतमा पनि बढी शुल्क उठाउनु पर्दा लघुजलविद्युत् नै चुनौतीपूर्ण देखिएको छ’ उनले भने,‘उपभोक्ताले लघुजलविद्युतको कुलो भत्किए पनि मर्मत गर्न सक्ने क्षमता छैन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ