2026-09-15 01:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मधेशी बिरोधी पार्टी नेपाली कांग्रेस नै हो: गुप्ता

इमरानखान/मङ्सिर १८, कपिलवस्तु । बामगठबन्धनको तर्फबाट कपिलवस्तु क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार बृजेश कुमार गुप्ताले जनतामा भ्रम सृजना गरेर चुनाव  जित्न नसकिने बताएका छन । 

नेपाली कांग्रेसलाई इंकित गर्दै नेता गुप्ताले जनतामा जाँदा बिकासको मुद्धा लिएर जान सुझावसमेत दिए । सयुक्त बामगठबन्धनको यशोधरा गांउपालिकामा गरिएको आमसभालाई सम्बोधन गर्दै गुप्ताले आफुले एमालेको सदस्यता नलिएको तर एमालेसंग भएको समझौता अनुरुप मधेशको मागलाई सम्बोधन गरे आफु एमालेमा जाने बताएका छन् । 

बाम गठबन्धनको तर्फबाट मधेशको माग सम्बोधन भएमा कांग्रेस माप्त हुने गुप्ताको दाबि छ । सम्झौता अनुसार सुर्य चुनाव चिन्ह लिएर चुनावमा उठेका गुप्ताले बताए । 

आफुले गरेको कामको मुल्यांकन जनताले गरेकाले जति भम्र फैलाए पनि केहि फरक न पर्ने बताए । 

नेपाली कांग्रेसको कुनै पनि सभा वा कार्यक्रममा जनताहरु नजुटेको बताउदै उनले भने- नेपालको संबिधान नेपाली कांग्रेसकै पालामा बनेको हुँदा मधेशी बिरोधी पार्टी नेपाली काग्रेंस नै हो’ ।

भारत र नेपालको सम्बन्ध सुरु देखिनै राम्रो भएको र बाम गठबन्धनको सरकार आएपछि पनि भारत र नेपालको सम्बन्ध झन राम्रो हुने उनको दावी छ  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ