2026-09-14 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्ला ४३औं खुला दिशा मुक्त जिल्ला घोषणा (फोटोफिचर)

रेशम राज रोकाया/मङ्सिर १८, हुम्ला । हुम्ला जिल्ला आज ४३ औ खुला दिशा मुक्त क्षेत्र घोषणा भएको छ । 

विभिन्न जात जातीका झाँकी, देउडा नृत्य, स्थानिय कलाकारको प्रस्तुती र ¥याली सहित सिमिकोट नगर परिक्रमा गरी कार्यक्रम गरिएको हो । हुम्लाका ७ गाउँपालिकाका १० हजार १ सय पच्चिस घरधुरीमा २०६८ सालको मंसिर १७ गते सुरु भएको खुला दिशा मुक्त अभियानले आजबाट पूर्णता पाएको हो ।

निर्माण गरिएका शौचालय मध्ये ९५ प्रतिशत सुरक्षित पक्की रहेको जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताएका छन् । उनले भने हुम्ला जिल्लामा ८३ दशमलव ५ प्रतिशत घरधुरीलाई खानेपानीको पहुँच पुगेका र विगतका वर्षहरुमा भन्दा झाडापखाला कम भएको शाहीले बताए ।

जिल्लाका सबै क्षेत्रका बस्तीहरुमा सरसफाई तथा स्वच्छता सम्बन्धि आत्म महसुसिकरण अभिवृद्धी भएको उहाँको प्रगती प्रतिवेदनमा उल्लेख गरिएको छ । 

साथै खुला दिशा मुक्त जिल्ला बनाउनको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने दातृ निकाय, कार्यालय र व्यक्तिलाई सम्मान समेत कार्यक्रममा गरिएको थियो । खुला दिसा मुक्त क्षेत्र घोषणा कार्यक्रममा मध्यपश्चिम क्षेत्रिय प्रशासक सुरेश प्रधान, निवर्तमान खानेपानी तथा सरसफाई मन्त्री जिवन बहादुर शाही, पुर्व राज्य मन्त्री छक्क बहादुर लामा, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा लगायतका वक्ताहरुले आ आफनो धारणा राखेका थिए । 

हुम्लामा हाल १ सय ६९ शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा शौचालयको सुविधा सम्पन्न भएको र जसको कारण विगतका वर्षमा भन्दा हाल झाडापखाला लगायत अन्य रोगबाट ग्रसित समुदायको कमी भएको दावी गरिएको छ । 

हाल जिल्लाको गाउँपालिका स्तरका खानेपानी तथा स्वच्छता समन्य समिति सक्रिय रहेका छन् । साथै खानेपानी तथा सरसफाई वि डिभिजन कार्यालयले हरेक घरधुरीमा साबुन पानी सहितको हातधुने स्थानको विकासक्रममा लागि पर्ने समेत बताईएको छ । कार्यक्रममा बोल्ने अधिकाँश वत्ताले हुम्ला जिल्ला खुलादिशा मुक्त हुनु हुम्लीको सभ्यता विकास भएको बताउनु भयो ।

दातृ निकायलाई सम्मान

हुम्ला जिल्लालाई खुला दिशा मुक्त बनाउनको लागि आर्थिक, प्राविधिक रुपमा सहयोग गर्ने दातृ निकाय युनिसेफ नेपाल, असल छिमेकी नेपाल, किर्डाक नेपाल, ग्रामिण जलस्रोत परियोजना, स्नोल्याण्ड एकिकृत विकास केन्द्र, एस्. एन्. भि. नेपाल, स्थानिय पुर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) लगायतका सरकारी तथा गैरसरकारी कार्यालयलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला भित्रका करिब २ सय व्यक्तित्वलाई समेत खुला दिशा मुक्त जिल्ला अभियानमा सहयोग गरेकोमा सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ