2026-09-14 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदाता शिक्षाको प्रभावकारिताको यस्तो सिन झल्कीयो कालिकोटमा

दलसिंह गिरी/मंसिर २२, कालिकोट । हिजो विहिबार बेलुका करिव साढे ५ बजेबाट सरु भएको प्रदेश सभा र प्रतिनिधि सभाको मतगणना प्रक्रियामा कालिकोट जिल्लाको मत बदरको नतिजा हेर्दा नेपाल सरकार निर्वाचन आयोगले संचालन गरेको मतदाता शिक्षा कार्यक्रम एक औपचारीकतामा मात्र सिमित भएको हो की भन्ने प्रश्न चिन्ह खडा भएको छ । 

प्रदेश सभा र संसद सभाका प्रतिनिधि छनोटका लागि खसेको मत मध्य अहिले सम्म भएको मत गणनाको नतिजा हेर्दा संसद सभाका उम्मेदार तर्फ गणना भएका ११ हजार ४ सय ७७ मत मध्य ८ सय ३१ मत बदर भेटिएका छन् । यस्तै प्रदेश तर्फ क्षेत्र नं. क मा गणना भएको ८ हजार ८ सय ८५ मतमा ४ सय ७२ मत बदर देखिएको छ भने क्षेत्र नं. ख मा गणना भएका ८ हजार ५ सय ८७ मतमा करिव ६ सय ५६ मत बदर देखिएको छ ।

यसो बदर मतको संख्या हेर्दा कालिकोटमा करोडौ बजेट खर्च गरी संचालन गरिएका मतदाता शिक्षा कार्यक्रम खाली रकम खर्चको लागि मात्रै हो भन्ने नतिजा देखाएको छ । 

पछिल्लो मत परिणाम अनुसार उम्मेदारहरुको नतिजा हेर्दा संसद सभा तर्फ बाम गठबन्धनका साझा उम्मेदार दुर्ग बहादुर रावतले ५ हजार २ सय ५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रत्यासी लोकतान्त्रीकका भूपेन्द्रजंग शाहीले ४ हजार ८ सय ८४ मत ल्याएर पछ्याइ रहेका छन् । 

यस्तै प्रदेश तर्फ क्षेत्र नं. क मा बामगठबन्धनका कुर्मराज शाहीले ५ हजार ६ सय ३० मत ल्याएर भारी मतान्तरमा अगाडी बढिरहेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीकका टेबराज शाहीले १ हजार ८ सय ७८ मत मात्र प्राप्त गरेका छन् । 

यसैगरी क्षेत्र नं. ख तर्फ बाम गठबन्धनका महेन्द्र बहादुर शाहीले ४ हजार ४ सय २५ मत ल्याएर अग्रता कायम गरेका छन् भने उनका प्रत्यासी लोकतान्त्रीकका कालिबहादुर सहकारीले ३ हजार २ सय ९० मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ