११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पराजयका बीचपनि पनि खुशी साटासाट गरे भूपेन्द्रजंग शाहीले

२४ मंसिर २०७४, आईतवार ०३:२४

दलसिंह गिरी/मंसिर २४, कालिकोट । कालिकोटबाट प्रतिनिधि सभा सदस्यको लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले शुभचिन्तक तथा मतदाताहरु विच खुशी साटासाट गरेका छन् । 

प्रतिनिधि तथा प्रदेश सभा सदस्य छनोटका लागि यहि मंसिर १० गते भएको पहिलो चरणको निर्वावचनमा प्रतिनिधि सभाका लागि कालिकोटबाट उम्मेदवार बनेका शाहीले बाम गठबन्धनका साझा उम्मेदवार दुर्गबहादुर रावत भन्दा कम मत ल्याएर प्राजय ब्यहोर्नु परेको थियो ।


प्राजयको नतिजा आए लगतै बाम गठबन्धनकै खुशीयाली सभामा बोल्दै शाहीले आफ्ना शुभचिन्तक, मतदाता, सबैलाई बधाई तथा शुभकामना दिएका छन् । शाहीले भनेका छन् “आदरणीय कालिकोट बासी आमबुबा दाजुभाइ तथा दिदीबहिनीहरु, यहाहरुले म प्रति देखाउनु भएको शुभेक्षा, सुभकामना, सद्भाव, समर्थन र अमुल्य सहयोगलाई शिरोधार्य गर्दै हजुरहरुको माया प्रति म आभारी छु ।”

प्रतिनिधि सभाका लागि भएको निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि शुभचिन्तक कालिकोटवासीहरुले बामशक्ति विचको मिलन पछि पनि मलाई अमुल्य मत दिएर जितको नजिक पु¥याउनु भएको भन्दै शाहीले सबैलाई हृदयदेखिको आभार सहित जीवनभर सम्झिरहने बताएका छन् ।

लगातार दोश्रो पटक प्राजय ब्यहोरेका शाहीले यस अधि २०७० सालको संविधान सभा सदस्यका लागि नेपाली कांग्रेसबाट उम्मेदवार रही माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीसंग प्राजय ब्यहोर्नु परेको थियो । 

प्राजित शाहीले भनेका छन् आफ्नो परिस्थिति भनौ वा भाग्य दोश्रो पटक प्राजय ब्यहोर्नु परेपनि आफु यो प्राजयबाट कत्तिपनि विचलित नभएको बरु उल्टै आफुलाई जोसजागर र हौसला थपेको बताएका छन् ।  


उनले भने ब्यक्तिगत रुपमा आफुले निर्वाचनबाट प्राजय ब्यहोर्नु परेपनि कर्नालीको बिकास, समृद्धि र समुन्नती सवाललाई कहिले पनि हार्न नदिने बताएका छन् । यस्तै उनले आफ्नो जीबनमा एउटै मात्र सपना रहेको बताउदै सुन्दर अनि समृद्ध कालिकोट निर्माणका लागि निरन्तर आफ्नो अभियान जारी रहने बताएका छन् । 

अन्तमा उनले नव निर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सदस्य दुर्गबहादुर रावत, कुर्मराज शाही र महेन्द्र बहादुर शाहीलाई हार्दिक बधाई सहित कार्यसफलताको शुभकामना समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप