२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पराजयका बीचपनि पनि खुशी साटासाट गरे भूपेन्द्रजंग शाहीले

२०७४, २४ मंसिर आईतवार ०३:२४

दलसिंह गिरी/मंसिर २४, कालिकोट । कालिकोटबाट प्रतिनिधि सभा सदस्यको लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले शुभचिन्तक तथा मतदाताहरु विच खुशी साटासाट गरेका छन् । 

प्रतिनिधि तथा प्रदेश सभा सदस्य छनोटका लागि यहि मंसिर १० गते भएको पहिलो चरणको निर्वावचनमा प्रतिनिधि सभाका लागि कालिकोटबाट उम्मेदवार बनेका शाहीले बाम गठबन्धनका साझा उम्मेदवार दुर्गबहादुर रावत भन्दा कम मत ल्याएर प्राजय ब्यहोर्नु परेको थियो ।


प्राजयको नतिजा आए लगतै बाम गठबन्धनकै खुशीयाली सभामा बोल्दै शाहीले आफ्ना शुभचिन्तक, मतदाता, सबैलाई बधाई तथा शुभकामना दिएका छन् । शाहीले भनेका छन् “आदरणीय कालिकोट बासी आमबुबा दाजुभाइ तथा दिदीबहिनीहरु, यहाहरुले म प्रति देखाउनु भएको शुभेक्षा, सुभकामना, सद्भाव, समर्थन र अमुल्य सहयोगलाई शिरोधार्य गर्दै हजुरहरुको माया प्रति म आभारी छु ।”

प्रतिनिधि सभाका लागि भएको निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि शुभचिन्तक कालिकोटवासीहरुले बामशक्ति विचको मिलन पछि पनि मलाई अमुल्य मत दिएर जितको नजिक पु¥याउनु भएको भन्दै शाहीले सबैलाई हृदयदेखिको आभार सहित जीवनभर सम्झिरहने बताएका छन् ।

लगातार दोश्रो पटक प्राजय ब्यहोरेका शाहीले यस अधि २०७० सालको संविधान सभा सदस्यका लागि नेपाली कांग्रेसबाट उम्मेदवार रही माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीसंग प्राजय ब्यहोर्नु परेको थियो । 

प्राजित शाहीले भनेका छन् आफ्नो परिस्थिति भनौ वा भाग्य दोश्रो पटक प्राजय ब्यहोर्नु परेपनि आफु यो प्राजयबाट कत्तिपनि विचलित नभएको बरु उल्टै आफुलाई जोसजागर र हौसला थपेको बताएका छन् ।  


उनले भने ब्यक्तिगत रुपमा आफुले निर्वाचनबाट प्राजय ब्यहोर्नु परेपनि कर्नालीको बिकास, समृद्धि र समुन्नती सवाललाई कहिले पनि हार्न नदिने बताएका छन् । यस्तै उनले आफ्नो जीबनमा एउटै मात्र सपना रहेको बताउदै सुन्दर अनि समृद्ध कालिकोट निर्माणका लागि निरन्तर आफ्नो अभियान जारी रहने बताएका छन् । 

अन्तमा उनले नव निर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सदस्य दुर्गबहादुर रावत, कुर्मराज शाही र महेन्द्र बहादुर शाहीलाई हार्दिक बधाई सहित कार्यसफलताको शुभकामना समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने